काँग्रेस कुस्मा नगर समितिको जेष्ठ नागरीक सम्मान र तीज विशेष कार्यक्रम भव्य ,हजारौंको उपस्थिती ।

ZEN Travels

पर्वत ।
नेपाली काङ्रेस कुस्मा नगर कार्यसमिति र जलजला गाउँ कार्यसमितिद्वाराआयोजना गरेको जेष्ठ नागरीक सम्मान र तीज विशेष कार्यक्रममा हजारौंको उपस्थीत साथ भव्यताका साथ सम्मपन्न भएको छ ।


कुस्मा नगरपालीका भित्रका जेष्ठ नागरीकलाई सम्मान गरिएको थियो । सांसद लालकाजी गुरुङले सरकारको प्रतिपक्षमा रहेका कारण कुनै पनि जनताका हित विपरीतका कार्यमा काँग्रेस लडीरहेको बताउनुभयो । उहाँले सरकारले २ तिहाईको दम्भ देखाउँन खोज्दै बलत्कारका घटनाका दोषीहरुलाई बचाईरहेको बताउनुभयो ।


कार्यक्रम्मा बोल्दै प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले सवै महिलादिदिवहिनीहरुलाई शुभकामना ब्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकारले जनतालाई भ्रमको खेती गर्दै लोटाएको बताउनुभयो । उहाँले हिंसा र बन्दुकवाट जन्मेको पार्टीले शान्तिको वातावरण सिर्जना गर्न नसकेको बताउनुभयो ।


अर्का नेता नवराज गुरुङले सो अवसरमा वोल्दै कम्युनिष्ट सासन ल्याउँन तर्फ सरकार लम्केको उसका वर्तमान् गतिबिधीहरुले प्रष्ट पारी सकेको बताउनुभयो । उहाँले जव सम्म नेपाली काँग्रेस सत्तामा रहदैन तब सम्म मुलुक द्धन्दमा जान सकने बताउदै,सरकारका अधिनायकवाद मनपरीतन्त्र जस्ता कुरितीको अन्त गर्न काँग्रेसले आन्दोलन गर्नुपर्ने समय आउनथालेको वताउनुभयो ।
नेपाली काँग्रेस कुस्मा समितिका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा काँग्रेस पर्वतका नेतागडहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव सुरेन्द्र के.सीले गर्नुभएको हो । उक्त कार्यक्रममा लोक दोहोरी क्षेत्रका चर्चित कलाकारहरुले सांगितीक प्रस्तुती राख्दै हजारौ उपस्थितीहरुलाई नचाएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला