छविलाल पौडेल रिहा

ZEN Travels

काठमाडौ ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दामा सफाई पाएका छविलाल पौडेल आज रिहा भएका छन् । जिल्ला अदालत चितवनले फुजेल काण्डका १३ जना प्रतिवादीमध्ये १२ जलाई सफाइ दिने फैसला हिजो गरेको थियो । सोसँगै फुजेलकै पौडेल रिहा भएका हुन् ।

उनी डिल्लीबजारस्थित कारागारबाट रिहा हुँदा सयौं फुजेलबासी र नेकपाका कार्यकर्ताहरुले बाजागाजासहित स्वागत गर्न पुगेका थिए ।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका बेला २४ जेठ २०६१ मा गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्या भएको थियो ।

एसएलसी परीक्षा दिएर चितवनको जयमंगलामा रहेका हजुरबुवा र हजुरआमा भेट्न आएका कृष्णप्रसादको अपहरणपछि पछि रत्नगरमा हत्या भएको थियो ।

मृतक कृष्णका बुवा नन्दप्रसाद छोराका हत्या भएको भन्दै २४ जेठ २०६१ मा जिल्ला प्रहरी कार्यालय चितवनमा जोहरी दिएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला