मं.न.पा. ९ वलिगाउ वडा कार्यालयद्धारा शनिबार पनी सेवा प्रदान

ZEN Travels

कमल रावल, अछाम-

मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउले शनिबार पनी सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । सेवाग्राहीको समस्यालाई मध्येनजर गर्दै बिहान १० बजे देखि अन्य दिन जस्तै बेलुकी ५ बजेसम्म सेवा दिएको बताईएको छ । भदौ २३ गते शनिबार हिजो कार्यालय खोलेर १७ जना सेवाग्राहीलाई सेवा दिएको वडा अध्यक्ष झपट् बहादुर रावलले बताउनु भयो । यतिबेला सामाजिक सुरक्षा भत्ता अन्र्तगत जेष्ठ नागरिक, एकल महिला, बालबालिकाको पोषण भत्ताको परिचयपत्र नविकरण गर्नु पर्ने भएकाले सहज सरल पार्न आज आफुले १७ जनाको नविकरण गरेको रावलले बताउनु भयो । आगामि दिनमा पनी सेवाग्राहीको समस्यालाई मध्येनजर गर्दै नियमती सेवा दिनका लागि शनिबार समेत कार्यालय खुलाउन तत्पर रहेको रावलले जानकारी दिनु भयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला