प्रहरीले अभियुक्त बनाएकासँग निर्मलाको डीएनए मिलेन, आरोपी धरौटीमा रिहा

ZEN Travels

काठमाडौं-

कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई सादा तारेखमा रिहा गरिएको छ ।
घटनामा शंकास्पद रहेर पक्राउ गरिएका बम दिदीबहिनीमध्ये बबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई सादा तारेखमा रिहा गरिएको छ । रोशनी बम मृतक निर्मला पन्तकी साथी हुन् ।
तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले षड्यन्त्रपूर्वक दिलिपसिंह विष्टलाई फसाउन खोजेको भनेर कञ्चनपुरमा आन्दोलन भएको थियो । घटनामा संलग्नताबारे आवश्यक प्रमाण नपुगेको भनेर सरकारी वकिल कार्यालय कञ्चनपुरबाट विष्टलाई रिहा गरिएको छ ।
नक्कली प्रमाण बनाएर विष्टलाई फसाउन खोजिएको भन्दै भएको आन्दोलनमा शनि खुनाको मृत्यु भएको थियो भने केही प्रदर्शनकारी घाइते भएका थिए ।
यता, निर्मलाको डिएनएको प्रोफाइल तयार भएको छ । सरकारी वकिलले उनको शरिरमा भेटिएको अपराधीको डिएनएसँग बिष्टको डिएनए नमिलेको बताएका छन् ।Nepaliradionetwork

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला