जेष्ठ नागरिकहरु ईतिहाँसका खुल्ला किताव हुनःनगरपिता रामचन्द्र जोशी

ZEN Travels

पर्वत ।
नेपाली काँग्रेस कुश्मा नगर समितिले पर्वतको कुश्मा नगरपालिकाका जेष्ठ नागरिकलाई घरघरै पुगेर सम्मान गर्न थालेको छ ।
तिजको अवसरमा सम्मान गर्ने कार्यक्रम राखेर पनि सहभागी नभएकाहरुलाई घरदैलोमा पुगेर सम्मान गर्न थालिएको हो । सम्मान गर्ने शिलशिलामा आज कुश्मा नगरपालिका ३ दुर्लुङका पुगेर जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । नगर सभापति एवं कुश्मा नगरपालिकाका प्रमुख रामचनद्र जोशीले जेष्ठ नागरिकलाई सम्मान गर्नुभयो । उहाँले जेष्ठ नागरिकहरुलाई कुश्मामा आउन समस्या भएकाले घरमै पुगेर सम्मन गरेको बताउनुभयो । जेष्ठ नागरिक प्रेरणाका स्रोत भएको र उनीहरुको प्रेरणा संधै ग्रहण गरिरहने बताउनुभयो ।


जेष्ठ नागरिकहरु ईतिहाँसका खुल्ला किताव रहेको जोशीको भनाई छ । दुर्लुङमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाई जस्ता समस्या समाधानका लागि नगरपालिकाले सहयोग गर्दै जाने पनि नगरप्रमुख जोशीले बताउनुभयो । सम्मानवाट जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन् । दुर्लुङको सल्यानका वाटुली सर्किनी, टिकाराम पाध्या, धनपती पाध्या र नारायणदत्त रिजाललाई सम्मान गरिएको छ । ९० वर्षमाथीका ९१ जना जेष्ठ नागरिकलाई तिजको अवसरमा कुश्मामा आयोजित कार्यक्रममा सम्मान गर्ने लक्ष्य राखिएपनि सबैजना कार्यक्रममा सहभागी हुन सकेका थिएनन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला