‘दुलुङ्ग’ बाट नगरप्रमूख रामचन्द्र जोशीको उद्धघोष युवा पलायन रोकौं ।

ZEN Travels

पर्वत ।
कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले युवाहरुको विदेश पलायन रोक्नका लागि देशभित्रै ठूल्ठूला उद्योगहरु खोल्नुपर्ने बताएका छन् ।
चण्डी उत्पीडित विकास मञ्च कुस्मा ३ दुलुङ्ग पर्वतले वुधबार हरितालीका तीजको अवसरमा आयोजना गरेको सांस्कृतिक तथा खेल्कुद कार्यक्रमको उद्धघाटन गर्दै यहाँका ३ वटै सरकारले यो अभियानलाई प्राथमिकता दिने विश्वास व्यक्त गरे । उनले विकास निर्माणमा राजनीतिक हस्तक्षेप नहुने हो भने नेपालमा लगानीको वातावरण बन्ने र स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने पनि बताए । उनले युवाले समाजमा खेलकुदको माध्यमबाट सामाजिक विकृति अन्तय गर्न सक्ने हुदाँ खेलकुद क्षेत्रमा लाग्न सुझाएका छन् । कुश्मा नगरपालिका नगरप्रमुख रामचन्द्र जोशीले नगरपालिकाका बासिन्दाको आर्थिक उन्नतीमै आफुले बढि ध्यान दिएको वताउनुभएको छ ।

कुश्मा नगरपालिका ३ दुर्लुङमा चण्डी उत्पीडित विकास मञ्चले आयोजना गरेको बृहत तिज मेला तथा खेलकुदको उद्घाटन गदै मेयर जोशीले नगरवासीहरु अहिले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाई जस्ता समस्याले पीडित रहेको बताउँदै नगरपालिकाले ठुला ठुला विकासका कुरा गर्न भन्दा जनजीविका सहज वनाउने तर्फ ध्यान दिएको बताउनुभयो ।

साना पूर्वाधारको विकास नगरि ठुला पूर्वाधारमा हात हाल्न नहुने भएकाले जगैदेखि विकास गर्ने कुरामा आफु सजग रहेको बताउनुभयो । साना योजनामा बढि ध्यान दिँदा टुक्रे योजना भए भनेर समेत गुनासो आउने गरेको बताउँदै नगरप्रमुख जोशीले साना योजना जनताका दैनिक जिविका संग जोडिएका वताउनुभयो ।
चण्डी उत्पीडित विकास मञ्चका अध्यक्ष गणेश बस्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाध्यक्ष तेजप्रसाद पाध्या, नेकपाका पर्वतका प्रकाश गिरी,काँग्रेस दुलुङ्ग संयोजक बालकृष्ण शर्मा,काँग्रेसका जिल्ला सदस्य हित बहादुर गुरुङ,क्लवका सचिव प्रकाश बस्याल लगायतले बोल्दै युवा पलायन रोक्दै यहाँका युवाहरुलाई उद्योगहरु संगै खेलकुदको विकासमा लाग्न राज्यले ध्यानदिनुपर्ने बताए । उनीहरुले युवा स्वदेशमै स्वरोजगारमूखी वनाउन गाउँगाउँमा उद्योगहरु स्थापना गर्न आग्रह गरेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला