मृत महिलाको पहिचान होला ?

ZEN Travels

पर्वत ।

पर्वतको कुश्मा नगरपालिका वडा नं.१ स्थित सहस्रधारामा महिलाको शब फेला परेको छ । कालीगण्डकी नदिको पर्वत तर्फको किनारमा बिहीवार विहान शब भेटीएको हो ।

अन्दाजी ४०÷४५ वर्ष उमेरको मंगोलियन अनुहारको जस्तो देखिने महिलाको पहिचान भने खुल्न सकेको छैन । मृतक महिलाको शब अहिलेपोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

उनको खोजीका लागि कसैले पनि खबर नगरेको र कोहि आफन्तहरु सम्पर्कमासमेत नआएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षकसुरज खत्रीले जानकारी दिनुभयो ।

 बेवारिसे शब भेटिएको बारे मातहतका सवै युनिटहरुमा खबर गरेपनि कोहि आफन्त सम्पर्कमा नआएको उहाँले बताउनुभयो । बुधवार दिउँसोकालीगण्डकीमा ठुलो बाढि आएकोले सोहि बाढिले बगाएर ल्याएको हुनसक्ने अनुमान समेत प्रहरीको रहेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला