जन्मदिनको अवसरमा स्वास्थ्यकर्मीको विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

ZEN Travels

रसुवा । रसुवा जिल्लामा कार्यरत एक स्वास्थ्यकर्मीले आफ्नो जन्मको अववसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन । रसुवा जिल्लाको गोसाईकुण्ड गाउपालिका स्याफ्रुबेसी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी विमल घिमिरेले चार कक्षामा पढ्ने विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन । कोमिन स्यामेवाङफेल उच्च माध्यमिक विद्यालय स्याफ्रुमा कक्षा ४ मा अध्ययनरत सुरेश तामाङले शैक्षिक सामाग्री पाएका छन । स्वास्थ्यकर्मी घिमिरेले आर्थिक अवस्था कमजोर र पढाईमा तिष्ण रहेका तामाङलाई कपी, डटपेन, झोला, डिस्नेरी, साबुन लगाएतका सामाग्री प्रदान गरे । उदयपुरको कटारी नगरपालिका ९ लिम्पाटार स्थायी घर भएका घिमिरे दुई बर्ष देखि रसुवा जिल्लामा कार्यरत छन । दुर्गम जिल्लामा रहेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेवापत स्वास्थ्य विभागको आयोजनामा सम्पन्न ढतज च्गचब िज्भबतिजअबचभ ध्यचपभचक ऋयलाभचभलअभ (नवौ ग्रामिण स्वास्थ्यकर्मी कार्यशाला) मा समेत सहभागि भई सकेका छन । २०७४ चैत्र ६ देखी ८ गते सम्म संचालन भएको कार्यशालामा ग्रामिण क्षेत्रमा रहेर उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई सहभागी गराईन्छ । कार्यशाला स्वास्थ्य क्षेत्रमा काम गर्ने डाक्टर, नर्स, पारामेडिक्सहरुको राष्ट्रिय स्तरको कार्यक्रम हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला