‘मातृभूमिका लागि पर्वत सेवा समाज’द्धारा बिरामीहरुलाई आर्थिक सहयोग

ZEN Travels

पर्वत ।
मातृभूमिका लागि पर्वत सेवा समाजद्धारा यहाँका विपन्न परिवारलाई आर्थिक सहयोग गरिएको छ । पाठेघर क्यानसरवाट पिडीत मोदी गाउँपालिका तिलाहारकी राममाया रेग्मी ,दृष्टिविहीन कुस्माकी लैला खातुन र दमरोगवाट पिडीत कुस्मानगरपालिका १४ आर्थरकी गायत्री गौतम सहित प्रत्यकलाई १०-१० हजार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमूख अतिथी पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले मातृभूमिका लागि पर्वत सेवा समाज उपचारमा आर्थिक अभाव भएकाहरुलाई सहयोग गर्नु प्रशंसनिय कार्य भएको बताए । उनले सामाजिक कार्यमा आवध भएका संघसंसथाहरुले गरेका यस्ता कार्यहरुमा सहयोग गर्नुपर्ने वताए ।
मातृभूमिका लागि पर्वत सेवा समाजका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा सहयोग बितरण कार्यक्रम सम्पन्न भएको हो । समाजले विगतका दिनहरुमा पनि यस्तै सामाकि सहित सहयोग गर्दैआएको हो ।
सहयोग कार्यक्रममा सिसेफ नेपालका उपाध्यक्ष पवित्रा श्रेष्ठ, मातृभूमिका लागि पर्वत सेवा समाजका उपाध्यक्ष टंक लामिछाने,संस्थाका सदस्य शिव अधिकारी,सचिव अर्जु पौडेल‘निर्जन’ लगायतले वोलेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला