नेवाः सि गुठी पर्वतमा महेन्द्र कुमार जोशी सर्वसम्मत अध्यक्षमा चयन ।

ZEN Travels

पर्वत ।

नेवाः सि गुठी पर्वतमा महेन्द्र कुमार जोशी अध्यक्ष रहने गरि ११ सद्स्यको नयाँ कार्य समिति गठन भएको छ । नेवार समुदायको धर्म,संस्कृति जर्गेना गर्दै युवा पूस्तामा नेवार संस्कृतिको पहिचान फैलाउन समिति गठन भएको हो ।

सो नवगठित समितिको उपाध्यक्षमा उत्तम कुमार कर्माचार्य,सचिवमा जगत बहादुर जोशी,कोषाध्यक्षमा सुशिला श्रेष्ठ कर्माचार्य चयन भएका छन् । भने,सदस्यहरुमा कुलप्रसाद श्रेष्ठ,सागर कर्माचार्य,सन्दिपमान् श्रेष्ठ,नारायण श्रेष्ठर शिव श्रेष्ठलाई चयन गरेको छ । यस्तै,महिला सदस्यहरुमा देवि श्रेष्ठ,प्रमिला श्रेष्ठलाई सदस्यमा उक्त भेलाले सर्वसम्मत चयन गरेको छ ।

०५३ सालमा स्थापना भएको यस नेवाः सि गुठीले समाजमा उत्प्रेण दिने खालका कामहरु गर्दै आएको छ । सो भेलाले नयाँ कार्य समितिलाई बधाई सहित कार्य सफलताको शुभकामना दिएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला