निर्मला लागि न्याय माग्दै वीरगंजमा प्रदर्शन 

ZEN Travels

वीरगंज-
  गत साउन ११ गाते बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायको माग गर्दै शनिबार देशैभरि प्रदर्शन भएको छ ।
देशका विभिन्न ठाउँमा फरकफरक समयमा प्रदर्शन गरि निर्मल पन्तको बलात्कारी र हत्यारहरुलाई पक्राउ गरि कारवाही गर्न माग गर्दै प्रदर्शन भएको हो । शनिबार वीरगंज स्थित घण्टाघरमा समेत युवा तथा स्थानीय अगुवाहरुले प्रदर्शन गर्दै निर्मलको हत्याराहरुलाई कानुनुको दायरामा ल्याई कडा कारवाही गर्न माग गरेका छन् ।
‘हामि आज देशका छोरी चेलीहरुको शुरक्षा माग गर्दै जम्मा भएका छौं,’ वीरगंजमा आयोजित र्‍यालीमा सहभागी संघीय समाजवादी फोरम नेपालका युवा नेता तबरेज अहमदले भने, ‘आज निर्मला बहिनि बलत्कारको शिकार भएकी छन्, उनका अपराधिहरु माथि कारवाही भएन भने देशको न्यायिक व्यवस्था माथिबाट हाम्र विस्वासनै उठ्ने छ, सरकारले हत्याराहरुलाई कारवाही नगरे सम्म हाम्रो संघर्ष जारि रहने छ ।’
स्थानीय युवा तथा सामाजिक अभियन्ताहरुको नेतृत्वमा आयोजित आजको कार्यक्रममा सयौंका संख्यामा उपस्थित युवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैले मुखमा कालो पट्टी बाँधी संकेत विरोध जनाएका थिए । स्थानीय महिला अधिकारकर्मी शैली चौधरीले यो देशको शुरक्षा प्रणालीबाट नै अब डराउन अवस्था आएको बताईन । ‘शुरक्षा दिने नियाकबाटनै हामि चेलीहरु अशुरक्षित भएका छौं, अब हामिले आफुलाई शुरक्षित कसरि ठान्ने?,’ चौधरीले प्रश्न गरिन, ‘बल्त्कारीहरुलाई समेत समात्न नसकेका शुरक्षाकर्मीहरुले ठुला अपराधिहरुलाई कसरि समत्छन?’
घण्टाघरबाट सुरु गरिएको र्‍याली नगर परिक्रमा गर्दै पुन: घण्टघरमा आएर मौन धारण गर्दै सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य बद्रि नारायण तिवारी, सुधिर पटेल, समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सचिवालय सदस्य निखिल बरनावाल, अखिल क्रान्तिकारीका नेता प्रभाकर गुप्ता, जिल्ला इन्चार्ज शिवम साह, सामाजिक अभियन्ता प्रकाश थारु, कमल चौलागाई, महिला नेतृ मोनिका सिंहलगयात स्थानीय सामाजिक अभियन्ता, विद्यार्थी नेताको समेत उपस्थिति रहेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला