सामजिक संस्था पुर्नजागरण अभियान नेपाल सहयोग गर्दै मोदीवेणी दिव्यधाममा ।

ZEN Travels

पर्वत ।

पर्वतको मोदीवेणी दिव्यधाममा रहेका बृद्धबृद्धाहरुलाई खाद्यान्न तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सामजिक पुर्नजागरण अभियान नेपालले आज दिव्यधाम परिषदमा सरसफाई गरेको हो ।

सामजिक संस्था पुर्नजागरण अभियान नेपालले शनिबार दिव्यधाम हाता सरसफाई गर्नुका साथै भग्नावशेषको रुपमा रहेका सामग्रीहरु हटाई सुरक्षित स्थान राख्ने कार्य भएको संस्थाका सदस्य सरोज खनालले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश्मा नगरपालिका वडा नं. ५ की वडाध्यक्ष चित्रकला शर्मा भारतीले संस्थाले गरेको सहयोगको प्रशंसा गर्दै संस्थासंग आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । त्यस्तै, फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले पनि संसथालाई सामाजिक कार्यमा सघाउने उल्लेख गर्नुभयो ।
खाद्यान्न वितरण कार्यक्रममा समाजसेवीहरु मेघनाथ सुवेदी, शंकर गिरी, आर.सी. पौडेल, शिशिर पौडेल, माधव शर्मा, पूर्णप्रसाद ढकाल, खेमराज पराजुली, गोपालदास बैरागी, केशवदास बैरागी लगायतले बोल्नुभएको थियो । उक्त कार्यक्रममा संस्थाको बिषयमा सचिव साजन परियारले प्रस्ट्याउनुभएको थियो भने स्वागत संस्थाकी कोषाध्यष सबिता शर्माले गर्नुभएको थियो । संस्थाका अध्यक्ष दिनेश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका महासचिव शिव परियारले गर्नुभएको थियो । खाद्यान्न वितरण गरिसकेपछि कार्यक्रममा सहभागी बनेकाहरुले मोदीबेणी दिब्यधाम आसपासको क्षेत्रमा सरसफाई पनि गर्नुभएको थियो ।
सामजिक काम गर्ने उद्देश्यले स्थापना भएको संस्थामा भएको संस्थाले यस अघि फलेवास नगरपालिका ४ मुडिकुवामा रहेको दुर्गा मन्दिरमा बृक्षरोपण गरेको सदस्य खनालले बताउनु भयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला