‘डाँडै फुर्के सल्लो’ पछि कुलेन्द्रको एल्वम ‘सालको पातको टपरी हुनी’मा संयुक्त नवराज र वसन्त । पुरा भिडियो सार्वजनिक………

ZEN Travels

रामकृष्ण लामिछाने,पर्वत ।
नेपाल लोक क्षेत्रमा उत्कृष्ट सिर्जना प्रस्तुतु गर्दै आएका लोक गायन क्षेत्रका चर्चित सर्जक कुलेन्द्र विश्वकर्माको सालको पातको टपरी हुनी हे वरै नहुनी सल्लैको तिम्रो माया कति छ कति हे वरै नलाउ पछि हल्लैको सार्वजनिक भएको छ ।

सालको पातको टपरी हुनीमा गायक स्वर कुलेन्द्र विश्वकर्मा,वसन्त थापा र चर्चित नारी कलाकार बिष्णु माझिको रहेको छ । केहि समय अगाडी लोक संवाद कार्यक्रममा कुराकानी गर्दे सर्जक कुलेन्द्रले गितको अडियो,भिडियो सहितको निमार्ण गर्दा करिव ४ लाख सम्मको खर्च भएको सुनाएका थिए । यो गित निकै मैलिकपनको छ ।

यो एल्बममा हाल अमेरीकामा रहेका अर्का चर्चित सजर्क नवराज पन्तले शव्द लेखेका छन् । नवराज पन्त भन्छन् ‘हामीले डाँडै फुर्के सल्लो गीतमा सहकार्य ग¥यौ चर्चामा यहाँहरुले पु¥याउनु भयो,’पन्तले भने,‘सालको पातको टपरी हुनी ले पनि उस्तै चर्चा र माया पाउँनेमा हामी विश्वस्त छौ ।’

अर्का चर्चित सर्जक वसन्त थापा पनि लोक संगीतको पर्यायवाची नाम हो । उनले पनि यो गीतमा स्वर भरेका छन् । उनका अनुसार सवैको माया पाउँने अपेक्षा थापाले गरेका छन् ।
यसको गितको भिडियोमा सर्जक कुलेन्द्र विश्वकर्मा,वसन्त थापा,मरिषका पोख्रेलको मोडलीङ छ । यो गित सहितको भिडियो वसन्त थापाको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

भिडियो यस्तो छ……………….

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला