नेकपाद्वारा सातै प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट

ZEN Travels

काठमाडौं-

नेपाल कम्युनिष्ट पार्टीले नेकपाले सातै प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँड गरेको छ ।
राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको सचिवालय बैठकले सातै प्रदेशका ईन्चार्ज, सह–ईन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी सर्बसम्मत निर्णयबाट तोकेको सचिवालय सदस्य ईश्वर पोखरेलले जानकारी दिनुभयो ।
नेकपाले प्रदेश १ को ईन्जार्चमा भीम प्रसाद आचार्यलाई तोकेको छ । साबित्री काफ्ले सह–ईन्चार्ज, देबराज घिमिरे अध्यक्ष र सुरेश कुमार राईलाई सचिव तोकिएको छ ।
त्यस्तै २ प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डललाई तोकिएको छ । सो प्रदेशमा बिश्वनाथ साहलाई सह–ईन्चार्जको जिम्मेवारी दिईएको छ ।
प्रभु शाह अध्यक्ष र सुमनराज प्याकुरेललाई सचिवको जिम्मेवारी दिईएको छ । प्रदेश ३ ले भने महिला ईन्चार्ज पाएको छ ।
प्रदेश ३ मा नेकपाले अष्टलक्ष्मी शाक्यलाई ईन्चार्ज तथा नारायण दाहाललाई सह–ईन्चार्ज बनाएको छ । यो प्रदेशमा हितमान तामाङ अध्यक्ष र आनन्द पोखरेललाई सचिवको जिम्मेवारी प्रदान गरिएको छ ।
गण्डक प्रदेशको ईन्चार्ज पृथ्वी सुब्बा गुरुङलाई तोकिएको छ । गण्डक प्रदेशमा खगराज अधिकारी सह–ईन्चार्ज, हितराज पाण्डे अध्यक्ष र गोबिन्द नेपाली सचिब रहनेछन् । प्रदेश ५ को ईन्चार्ज शंकर पोखरेल र सह ईन्चार्ज दल ब. रानालाई तोकिएको छ ।
ओनसरी घर्ति अध्यक्ष र जगप्रसाद शर्मा सचिवको जिम्मेवारी पाएका छन् । कर्णाली प्रदेशमा नेकपाको नेतृत्व जनार्दन शर्माले गर्नेछन् । सो प्रदेशमा यमलाल कडेँल सह–ईन्चार्ज, गोरख बोगटी अध्यक्ष र माया प्रसाद शर्मा सचिब तोकिएको छ ।
प्रदेश ७ मा भीमबहादुर रावललाई ईन्चार्ज र लक्ष्मीदत्त जोशीलाई सह–ईन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ । कर्णबहादुर थापा सो प्रदेशको. अध्यक्ष रहदा सिंहराज चौधरीले सचिवलाय सम्हाल्नेछन् ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको चीन र भारत भ्रमणको समीक्षासंगै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिबाट हुने अमेरिका भ्रमणबारे छलफल भएको थियो ।
पार्टी सचिवालय सदस्य ईश्वर पोखरेलले आज जिम्मेवारी पाउने प्रदेश इन्चार्ज तथा पार्टी कमिटी अध्यक्षले मातहतका जिल्ला कमिटीको एकता कार्यलाई चाडो टुङ्गोमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला