परदेशमा तन स्वदेशमा मनःआफ्नो जन्मदिनमा ६० बटुकलाई भोजन

ZEN Travels

पर्वत ।-

कुश्मा नगरपालिका वडा नं. २ , बास्तोला थर निवाशी हाल जापान रहनु भएका राम बाँस्तोलाले  संस्कृत माविमा रहेको गुरुकुल आश्रममा आवासिय रुपमा अध्ययन गर्ने वटुकहरुलाई आफ्नो जन्मदिनको  उपलक्ष्यमा  एक छाकको भोजन गराउनु भएको छ  | भाई कमल पौडेल  मार्फत सामाजिक सन्जाल फेसबुकमा सस्कृत माबिको  बारेमा जानकारी लिए पछी  आफुले  जन्मदिनको अवसरमा यो काम गर्न मन लागेको बताउनु भएको छ |

हरेक बर्ष म जहाँ रहे पनि यस गुरुकुलमा रहेका बटुकलाई भोजन गराउने वताउदै  बाँस्तोलाले  आगामी दिनमा अन्य सहयोगलाई निरन्तरता दिदैं विद्यालय र विद्यार्थीेहरुको आवास तथा शैक्षिक क्षेत्रमा सहयोग गर्ने तथा सहयोगी मनहरुलाई प्रोत्साहित गर्ने बताए ।

 

म आफैमा सामाजिक  व्यक्ति हू केहि रचनात्मक काम गर्नु पर्छ  भन्ने मेरो सानै देखिको  बानि हो म  जहाँ रहे पनि जे  गर्न सक्छु त्यो  गर्छु हामि  संगको  कुराकानीमा  भन्नु  भएको छ |  दानिलाई हानि हुदैन , दान गरे बढ्छ , ,गाई, दिन दुखि र असक्तलाई सहयोग गरे पुण्य मिल्छ भन्ने  हाम्रो सस्कार हो सोहि कारण बिगतका बर्षहरुमा पनि जन्मदिनको अबसरमा थोरै धेरै दान गर्दै आएको छु  अब यस बिद्यालयमा सम्भव भए सम्म सहयोग गर्ने छु भन्नु भएको  प्रतिनिधी कमल  पौडेलले  जानकारी दिनु भएको छ |

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीले पोखराको सबैभन्दा पुरानो स्कुल भएर पनि ओझेलमा रहेको संस्कृत माविलाई उत्कृष्ट विद्यालय वनाउन विभिन्न सुधारका कार्य गर्दै आउने क्रममा गुरुकुलमा वस्ने बटुकहरुलाई ३६५ दिन नै निशुल्क भोजन प्रदान गर्नेे विभिन्न दाताहरुको सहयोग स्विकार गरेको बताए ।

कार्यक्रममा नेपाल ज्योतिष परिषद् गण्डकी प्रदेशका महासचिब ज्योतिषी कमल पौडेलले  राम बाँस्तोला आफैमा समाजसेवी र  राजनीतिक व्यक्तित्व भएको जानकारी गराउनु भएको छ |  दाजु राम बाँस्तोला  जापानमा आफ्नै ब्यबसाय गर्दै हुनुहुन्छ भन्ने जानकारी गराउदै सहयोगीमनहरु लाई  जोड्ने र बिद्यालयको  बिकास र शैक्षिक उन्नतिको लागि हरपल लागि पर्ने बताएको जानकारी गराउनु भएको थियो  |

 

 

कार्यक्रममा समाजसेवी प्रकासरमण अधिकारी  शिक्षक गोबिन्द अधिकारिले बोलेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीको अध्यक्षता  मा भएको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले र स्वागत शिक्षक गोबिन्द अधिकारिले गरेका थिए।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला