आन्दोलनरत सवारी चालक र सरकारबीच आठ बुँदे सहमति

ZEN Travels

चितवन-
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् ।
सरकार र आन्दोलनकारी सवारी चालकहरुबीच आठ बुँदे सहमति भएसँगै सार्वजनिक यातायात सञ्चालनमा आएका हुन् । बिगत ३ दिन देखि यातायात ठप्प पारेर आन्दोलनमा रहेका चालक र सरकाबीच आज भएको लामो वार्ता पश्चात सरकार देवानी संहिता संसोधन गर्न सहमत भएको हो ।
आन्दोलनमा रहेको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिसँग सरकारले आठ बूँदे सहमति गरेको छ । आज सिंहदरबारमा भएको वार्तामा सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम आजदेखि फिर्ता भएका छन्  भने सरकारले आन्दोलनका क्रममा थुनामा रहेका सबै सवारी चालकलाई छाड्ने पनि बताएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला