बागलुङ बहुउद्देश्यीय सहकारीको सहकारी सचेतना

ZEN Travels

बागलुङ ।
बागलुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यहरुका लागि आयोजना गरेको २ दिने सहकारी शिक्षा तथा संस्थागत प्रस्तुती कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
संस्थाका शेयर सदस्यहरुलाई सहकारी ऐन, नियम र संस्थाको आगामी कार्ययोजनाका बारेमा जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव तथा शिक्षा उप–समितिका संयोजक योगदान कंडेलले बताउनु भयो ।
कार्यक्रमका सहभागी शेयर सदस्यहरुले सहकारी ऐनले व्यवस्था गरे बमोजिम संस्थालाई बहुउद्देश्यीय भावना अनुरुप नै प्रभावकारी रुपमा अगाडि बढाउन थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संस्थाले गत फागुनदेखि बानपा–२ आवारोडस्थित आफ्नै कार्यालयबाट सुपथ मूल्य सहकारी पसल सञ्चालन गर्दै आएको छ ।
बहुउद्देश्यीय सहकारी संस्था २ वा २ भन्दा बढी काम गर्नु पर्ने प्रावधान सहकारी ऐनमा रहेकोले ऐनको भावना अनुसार संस्थाले सञ्चालन गरेको सुपथ मूल्य सहकारी पसल र कृषि समुहमा गरिएको लगानीलाई प्रभावकारी बनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जि.सी.ले बहुउद्देश्यीय भावना अनुसार संस्थाले सञ्चालन गरेको सुपथ मूल्य सहकारी पसललाई सफल पार्नका लागि सबै शेयर सदस्यहरुले आफुलाई आवश्यक सामग्री सोही पसलबाट खरिद गरी उपभोग गर्नु पर्नेमा जोड दिनुभयो । हेर्दा पसल सहकारीले सञ्चालन गरेको देखिन्छ, तर त्यो बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका सबै शेयर सदस्यको पसल भएकाले सबै शेयर सदस्य, तिनका आफन्त र छरछिमेकलाई समेत सहकारी पसलबाट सामान खरिद गर्न उत्साहित बनाउनु पर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा सहकारी ऐन, सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुको काम कर्तव्य, अधिकार र दायित्व लगायतका विषयमा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक जि.सी.तथा संस्थाले लिएका लक्ष्य, गर्दै आएका कार्यहरु र आगामी योजना लगायत सदस्यहरुसंगको सम्बन्ध र सहकार्यका बारेमा संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारी र संरक्षक देवबहादुर श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला