हिंसा, घृणा र विखण्डनको खेती गर्नेहरु नै शान्तिका लागि चुनौति र खतरा

ZEN Travels

काठमाडौं-
अन्तराष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०७५ असोज ५ गते साँझ काठमाण्डौँको माइतिघर मण्डलामा दीप प्रज्वलसहित प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
 “शान्तिको आधार : समानता र सदाचार” भन्ने मूल नारासहित आयोजित प्रदर्शनका दौरान सरकार : अपराधीको संरक्षण बन्द गर, महिला अधिकार : मानव अधिकार र शान्तिको आधार, महिलामाथि भइरहेको हिंसा र अत्याचार अन्त्य गर, दण्डहीनता अन्त्य गर, न्याय माग्ने जनतालाई गोली हान्न पाइदैँन, अरिगांलको धम्कीले बोली थुन्न सक्दैन, END IMPUNITY, PROTECT HUMAN DIGNITY, BRING THE PERPETRATORS TO JUSTICE, NEPAL GOVERNMENT : DON’T PROTECT PERPETRATORS लगायतका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले स्थायी शान्तिका लागि मूल्य र नैतिकताको राजनीति गर्न राजनीतिक दलहरुलाई आह्वान गर्दै सरकारले सुशासनको प्रत्याभूति गरे नागरिकमा शान्तिको अनुभूति हुने बताउनुभयो ।
नेपालमा अस्थिरता र अराजकतालाई बढावा दिएर सामरिक स्वार्थ पुरा गर्न चाहने तप्काहरु सक्रिय रहेको भन्दै पहाडीले हिंसा, घृणा र विखण्डनको खेती गर्नेहरु नै वर्तमानमा शान्तिका लागि चुनौति र खतरा रहेको धारणा व्यक्त गर्नुभयो ।
संविधान दिवसका दिन असोज ३ गते सरकारमै सामेल केही वेतनभोगी र सरकारी सुविधाभोगी पात्रहरुले तराई मधेसमा प्रदर्शन गरेको आचरण अनैतिक र लज्जास्पद भएको भन्दै पहाडीले केन्द्र होस वा प्रदेश, सरकारमा बसेर अराजकताको खेती नगर्न आग्रह गर्नुभयो । सरकारको भूमिका अभिभावकको जस्तो हुनुपर्ने भन्दै पहाडीले कतिपय विषयमा असहमतिहरुलाई न्युनतम गर्न र सहमतिलाई अधिकतम गर्न सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा  समाजका सभापति डा. गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल महासचिव उत्तम पुडासैनी र काठमाण्डौँ शाखा सदस्य कृपा ढुंगेलले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला