पर्वतमा किवि खेती विस्तार गर्न उपयुक्त ।

ZEN Travels

पर्वत ।
कुस्मा नगरपालिका ३ दुलुङ्ग स्थित चनौेटेमा किवी खेती र सिताके च्याऊ गर्न उपयुत्त क्षेत्र ठहरीएको छ ।
बहुमूल्य फल मानिने किवी र सिताकेको उत्पादनका लागि अनुकूल वातावरण छ या छैन् भन्ने हेतुले कुस्मा नगरपालिका प्रमूख सहितको समुहले शनिवार निरिक्षण सहित परिक्षण गरिएको हो । विगत ४ बर्ष पहिला त्यहाँका स्थिानीय खेम गुरुङले किवि खेत गर्न सुरु गरेका थिए । उनले लगाएको किवि खेती उपयुक्त रहेको कृषिविज्ञको समूहले ठकर गरेको छ ।
किवि खेती र सिताके च्याउ उन्नतीको लागि राम्रो सम्भावना बोकेको खेती हो । यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको खेती गर्न सके प्रयाप्त मात्रमा आम्दानी गर्न सकिने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले वताए । ‘यो खेती निकै थोरै मात्रको लगानीमा गर्न सकिन्छ,’वरिष्ठकृषि विकास अधिकृत वासुदेव रेग्मीले भने,‘यसलाई व्यवसायीक वनाउँन पनि कुस्मा नगरपलिकाले सहयोग गर्नुपर्छ ।’
परिक्षण सहितको निरीक्षणमा कुस्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले दुलुङ्गको चनौटेको वस्तीमा किवि खेती गर्न यही आवमा नगरपालिकाको तर्फवाट १ हजार किविका विरुवाहरु वितरण गर्ने समेत वताए । उनले जिल्लाका अन्य क्षेत्रमा यसरी नै माटो र वातावरणको परिक्षण सहित किवि खेती विस्तारमा गर्ने वताए । उनले यसको वजारीकरणका लागि कुस्मा नगरपालिकाको पहलमा किविको पकेट क्षेत्र स्थापना गर्दै वाहिरी वजार सम्म यसको प्रवद्धन गर्ने सुनाए । यसको विस्तार गर्न त्याँहका स्थानीयले चासो देखाएको पाईएको छ ।किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु छन् ।
कृषक गुरुङले आफ्नै जग्गामा किबीसँगै सिताके च्याउको समेत उत्पादन गर्दै आएका छन् । सो वस्तीमा ८० घरधुरीका परिवारले वसोवास गर्दै आएका छन् । गुरुङले भने,‘राम्रो उत्पादन किवीखेती मार्फत हुँदै रहेछ । यसको महत्व र वजारीकरण गर्न सके यहाँका वेरोजगारयुवाहरु विदेश जानुपर्देन ।’ नेपालमा किवि प्रति किलोग्राम ४०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ भने यो फल प्रशस्त उत्पादन गरी विदेश निर्यात गर्न सकेमा लाखौँ विदेशी मुद्रा आर्जन गर्न पनि सकिन्छ ।
किवि खेतीको निरीक्षण सहितको परिक्षण गर्दै कुस्मा नगरपालिकाका प्रशासकीय अधिकृत सुवास कुमार लामिछाने नगरपालिकाले यहाँका वाजा जग्गाको समेत सदूपयोग गर्न यसको विस्तार आवश्यक हुने वताए । सो,निरीक्षणमा कुसमा नगरपालिका अन्तर्गत लेखा प्रमूख कृष्ण प्रसाद शर्मा,कुस्मा ४ का वडाध्यक्ष मिना कर्माचार्य सहित  कृषि प्राविधिक र स्थानीयको सहभागिता थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला