विकास राष्ट्रिय एकिकृत पशु तथा कृषि सहकारी संस्थामा पुनःढाकाराम गौतम‘सन्देश’

ZEN Travels

पर्वत ।
विकास राष्ट्रिय एकिकृत पशु तथा कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभाले पुनःढकाराम गौतम ‘सन्देश’ लाई आगामी कार्यसमितिको अध्यक्षमा सर्वसम्मत चयन गर्दै १५ सदस्य नयाँ कार्य समिति गठन गरेको छ ।
आज कुस्ममा सम्पन्न चौथो साधारणसभामा वोल्दै प्रमूख अतिथी गण्डकी प्रदेशका भूमि व्यवस्थापन तथा कृषि सहकारी केन्द्रका सचिव सरद श्रेष्ठले सो अवसरमा वोल्दै कृषि क्षेत्रमा गण्डकी सरकारले व्यापक मात्रमा परिवर्तन गर्न लागेको वताउनुभयो । उहाँले १ कारोडको लागतमा फम संञ्चालन गरेका ५० लाख सम्म अनुदान दिने वताउनुभयो । उहाँले कृषि क्षेत्रमा अध्यायन सहित क्रियाशिलता राखेमा पर्याप्त मात्रमा आम्दानी गर्न सकिने बताउनुभयो । उहाँले पछिल्लो समयमा गाउँघरका वाझा जग्गा जमिनमा साहुहिक खेती गरे सरकारले लगानी गरिदीने समेत वताउनुभयो ।
कार्यक्रममा वोल्दै विशिष्ट अतिथी कृषि ज्ञान केन्द्रका प्रमूख वासुदेव रेगमीले गण्डकी सरकारले ज्ञान केन्द्रलाई कार्यक्रम सहितका कामहरु दिनुपर्ने धारण राख्नुभयो । उहाँले कृषि क्षेत्रमा लगानी गर्ने हेतुले सञ्चालनमा आएका सहकारीहरुको आर्थिक पुंजि वढाउन पनि सरकार र शयर सदस्यहरुले चासो देखाउन आग्रह गर्नुभयो । रेग्मीले सहकारीका माध्यवाट वेरोजगार युवाहरु रोजगारीको क्षेत्रमा आत्मानिर्भर वनाउन समेत आग्रह गर्नुभयो ।
विकास राष्ट्रिय एकिकृत पशु तथा कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभाको अध्यक्षता ढाकाराम गौतम सन्देशले गर्नुभएको थियो । यस्तै साधारण सभामा सहकारीका सदस्य रुद्र प्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्ति गर्नुभएको थियो । भने,कार्यक्रमको सञ्चालन सहकरी सञ्चालक समितिका सचिव खड्ग प्रसाद खनालले गर्नुभएको थियो । कार्यक्रममा सहकारीको क्षेत्रमा योग्दान पु¥याउने शियर सदस्य लागयतका लागि सममान गरिएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला