जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

ZEN Travels

टोकियो, जापान-

नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८ ) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २३, २०१८ सम्म जापानको टोकियो शहरमा संचालन भएको उक्त एक्स्पोमा नेपाल लगायत विश्वका १३० भन्दा बढी देशका १३०० बढी पर्यटन संग संबद्ध संघ संस्थाहरुले भाग लिएका थिए ।

आ–आफ्नो गन्तब्यको बारेमा संभावित जापानी पर्यटकहरुलाई जानकारी दिने, ब्यवसायीहरु बीच ब्यापारिक बैठक गर्ने (विटुवी), संचार माध्यम मार्फत पर्यटन सुचना संप्रेषण गर्ने लगायतका प्रभावकारी माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने अवसर प्राप्त हुने उक्त एक्स्पो जापानमा बार्षिक रुपमा आयोजना हुने एक ब्यवसायिक पर्यटन मेला हो । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाल बायु सेवा निगम लगायत निजी क्षेत्रका चार पर्यटन व्यवसायी कम्पनीहरुः अराउण्ड द हिमालयज, लिबर्टी होलिडेज, होटल शाम्बाला र नेत्र टुर्स एण्ड ट्राभल एण्ड टुर उक्त एक्स्पोमा सहभागी भएका थिए ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव श्री निता अर्याल पोखरेल, पर्यटन बोर्ड सदस्य श्री अवधेसकुमार दास तथा बोर्डका प्रबन्धक श्री रोहिणीप्रसाद खनाल उक्त एक्स्पोमा सहभागी भएका थिए । जापानमा नेपाललाई एक शुरक्षित, भरपर्दाे तथा आकर्षक गन्तव्य स्थलका रुपमा स्थापित गर्ने, नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० को बारेमा जानकारी दिने, नेपालको पर्यटन गतिविधि तथा नयाँ नयाँ पर्यटन उपजहरुको वारेका सूचना प्रवाह गर्ने तथा पर्यटन व्यबसायीहरु बीच व्यापारिक छलफल गर्ने उद्देश्यका साथ उक्त एक्स्पोमा बोर्डले नेपालको सहभागिता जनाएको थियो । नेपाल वायुसेवा निगमले निकट भविश्यमा गर्ने काठमाण्डौं र टोकियो बीच सिधा उडानको खवरले पर्यटन संबद्ध सबैमा थप आशा तथा उत्साहको सन्चार भएको थियो ।

सन् २०१७ मा नेपालमा झण्डै १० लाख पर्यटक आगमन भएको थियो जस मध्ये लगभग १८ हजार जापानी पर्यटकहरुको आगमन थियो । अधिकांश बुद्ध धर्मावलम्बी भएको जापानीहरुले नेपाललाई बुद्ध जन्मस्थल, धार्मिक गन्तव्य, अध्यात्मिक उपचार केन्द्र तथा साहसिक गतिविधिले भरिपूर्ण भएको गन्तव्यस्थलको रुपमा लिने गरेका छन् । उनीहरु मुख्य रुपमा काठमाण्डौ, पोखरा, चितवन, लुम्विनी लगायतका स्थानमा भ्रमण गर्न तथा अन्नपूर्ण र सगरमाथा क्षेत्रमा पदयात्रामा जान रुचाँउछन् । उक्त अबसरमा जापानमा नेपाली पर्यटन पर्वद्धनमा सक्रिय संस्था नेपाल जापान पर्यटन अध्ययन केन्द्रका सदस्यहरु संग पर्यटन पर्वद्धन संवन्धित बिषयमा बिशेष छलफल पनि गरिएको थियो । साथै नेपाल जापान पर्यटन अध्ययन केन्द्रले नेपाल एअरलाएन्सका पदाधिकारि संग पनि निकट भविष्यमै जापानमा सिधा उडान गर्न गईरहेको बिषयमा बिबिध छलफल गरेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला