पर्वतवेनीमा अखाद्य वस्तु वेच्ने व्यापारी वढे् ।

ZEN Travels

पर्वत ।
चाडवाड नजिकिए पछि पर्वतमा वजार अनुगमन तिव्र बनेको छ । दैनिक जसो वजार अनुगमन गर्ने प्रसासन कार्यालयको तयारी छ ।
यसै क्रममा सोमबार जलजला गाउँपालिकामा बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले सोमबार पर्वत वेनीमा गरेको छड्के बजार अनुगमनका क्रममा म्याद नाघेका अखाद्य सामाग्री पसलहरुवाट बरामद गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्मा पौडेलको नेतृत्वमा उपभोक्ता मञ्च नेपाल,घरेलु तथा साना उद्योग कार्यालय पर्वत,जलजला गाउँपालिका पर्वत,उद्योग वाणिज्य संघ पर्वतवेनी र पर्वतवेनी प्रहरी विटका प्रतिनिधी सहितको टोलीले अनुगमनका क्रममा पसलहरुमा अखाद्य सामानहरु विक्रि गर्न राखेको अवस्थाका भेटेको हो । पर्वतवेनीमा सञ्चालनमा रहेका शाही किराना स्टोर्स,नमस्ते किराना पसल,सम्झना टेड्रस,कुशल किराना स्टोर्स,शुभलक्ष्मी स्टोर्स,जे.के टेड्रङ,अमृता खत्रीको पसल र शिवम जनरल स्टोर्स लगायतका पसलहरुमा म्याद नाघेका,मुल्यसुची नभएका,पसलको नाम नभएका,दर्ता नभएका,लाईसेन्स् नविकरण नगरेका पाइएको थियो ।

 

बरामद भएका सामानहरु जिल्ला प्रशासन कार्यालयले नष्ट गरेको छ ।
जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार म्याद नाघेका सामानहरु विक्रि स्थलमा नराख्न निर्देशन दिइएको छ । यस्तै, पसलको नाम नभएका,दर्ता नभएका,लाईसन्स् नविकरण नगरेकालाई पनि तुरुन्त दर्ता प्रक्रियामा आउँन आग्रह भएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले हप्ता दिनको समयमा दर्ताका लागि आव्हान गरेको र म्याद गुज्रेका सामान निकाल्न भनिएको बताउनुभयो । यसपछि पनि फेरी यस्तै पाईएमा कानुनी कार्वाहीको दायरामा ल्याउँने उहाँले वताउनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला