जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानद्धारा आत्महत्या

ZEN Travels

स्याङ्जा ।

जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् । आइतबार बिहान साढे तीन बजे नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय जितेन्द्र थापाले आफैले गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी प्रकाश विष्टले बताउनु भयो ।

आत्महत्या गर्नाको कारण बारे थाहा नभएको र यस बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृतक थापाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाका बारेमा परिवारलाई जानकारी गराइसकेको र परिवार आएपछि मात्र पोष्ट मार्टम गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला