स्वदेशको सपना बोकेर फर्केका २ युवाको सफलता ।

ZEN Travels

रामकृष्ण लामिछाने
पर्वत ।
विदेशमा पढई सकेर सिङ्गापुरमा रोजगार गर्ने भन्ने उद्धश्यले ६ बर्ष अगाडी विदेश पुगेका कुस्माका २ युवा सागर जोशी र नरेन्द्र बहादुर खत्री नेपाल आइपुगे । उनीहरु दुवैले त्यहाँ होटल म्यानेजमेन्टको पढई सके । काम पाउँने अपेक्षामा सिङ्गापुर घुमेका दुवै त्यहाँ वेरोजगार भएपछी विदेशको मोह र लत घट्यो । गत ०७४ सालमा उनीहरु स्वदेशमा केहि गर्नुपर्छ भन्ने सोच वोकेर फर्के ।
उमेरले ३८ वर्षका सागर जोशी र ३५ बर्षका नगेन्द्र बहादुर खत्री दुवै मिलेर यहाँ साविकको कुस्मा भण्डारी टोलमा संरचना निमार्ण सहित करिब ११ लाखको लगानीमा साईन प्रेस हाउस नामको कुखुरा र खसीको र्फम सहितको डे«सिङ्ग सेण्टर खोले । नेपाल सरकार र यहाँको प्रतिफल सहकारी संस्थाले उनीहरुलाई सो उद्योग सञ्चालन गर्न युवा स्वरोजगार कार्यक्रमको शिर्षक अन्तर्गतको अन्दान दिएको हो । हाल,उक्त उद्योगवाट कुस्मा वजारमा दैनिक ४ सय केजी कुखुरा र १ वोकाको पुरापुर मासु खपत हुन्छ । भने,हप्ताको ४ सय के.जी सम्मको मासु मुस्ताङ्ग सम्म जान्छ ।
सञ्चलकद्धयका अुनुसार उक्त र्फम हाउँसमा मासिक १ लाखको खर्च छ । ६० हजार फर्ममा कार्यरत ५ जना कर्मचारीको तलवभत्तामा जान्छ । भने,४० हजार मसलान्द्को खर्चमा जाने गरेको भनाई छ । र्फम सञ्चालनमा रहेको जग्गाको भाडा मासिक ३५ हजारको छ । विजुली,पानी सहितका सवै खर्च कटाएर मासिक २ लाख सम्मको आम्दानी गरेको वताउनुहुन्छ ।
सुरुमा दुवैले कुस्मा बजारका विभिन्न स्थानमा साईन फ्रेस हाउँस नामका ७ वटा पसलहरु पनि सञ्चालनमा ल्याएका छन् । ‘हामीले र्फम हाउँस संगैका पसलहरु सुरु गर्दै १ बर्ष कामद्धारलाई दिने तलव रोकेर ५ जनालाई पसलका सञ्चालक सम्म वनायौ,’ युवा नरेन्द्रले भन्नुभयो,‘उहाँहरु खुशी र सुःखी छन् सहजरुपमा परिवारको लालन पाल्न भएको छ । यहाँ स्थित शिवालय चोक,साँझा चोक,वडागाउँ र नारायण मावि चोकमा सञ्चालन गरेका उद्योगका मासु पसलहरु कामदार माया पुन,देवी पुन,जीवन पुन र सुमित्रा पुनका नाममा भईसकेका छन् । सञ्चालकका अनुसार भेटेनरीवाट प्रमाण्ीत १ कुखुरा ३ दिन सम्म र्फममा राखेर डे«सिङ्ग सहितको मासु वजारमा पठाउँछन् । र्फममा आवश्यक कुखुरा र वोका स्थानीय कृषकलाई फोन गरेर मगाउँछन् भने,प्राय कृषकहरुले र्फममा ल्याई विक्रि गर्छन् ।
‘स्थानीय सरकार प्राप्त भएको अवस्थामा र्फमका कुखुरा र पाठावोकालाई आवश्यक खुराकको व्यवस्था आवश्यक देखिन्छ,’ र्फम सञ्चालक सागर जोशीले भन्नुभयो,‘स्वदेशमै आत्मानिर्भर हुने हौसला हुन्थ्यो । ‘हाम्रा गाउँघरमा अहिले पनि शुन्य जस्तै छन् ,‘उनले भने,‘युवा स्वरोजगारका कार्यक्रमहरु ग्रामीण क्षेत्र सम्म विस्तार गर्नुपर्छ ।’ अर्का सञ्चालक नगेन्द्र बहादुर खत्री एकता युवा कल्वका अध्यक्ष र कुनपा ५ का वडासदस्य हुन । उनले समाजका कार्यहरुमा पनि राम्रो प्रभाव पार्दै देनिक र्फमको रेखदेख् गरिरहेका छन् । ‘ पहिला ठुलो आशा राखेर विदेश गइयों,’नरेन्द्रले भन्नुभयो,‘ अवको युवा जमात÷शक्ति स्वदेशमै स्वरोजगार हुनुपर्छ । ‘काम गर्दा समस्या आउँछन्,’उहाँले सुनाउनुभयो,‘ साईन फ्रेस हाउसको बजारवाट करिब १८ लाख रुपयाँ उठन वाँकी छ । विस्तारै उनीहरुको आम्दानी हुदै तिर्छन । उहाँले भन्नुभयो,‘हामीले यो र्फम सञ्चालन गरेको ५ बर्ष भयो,अझै यसको विस्तार गर्ने लक्ष्य राखेका छौ ।’

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला