एपिएल त्रिकेट प्रतियोगिता  सुरु

ZEN Travels

अर्घाखाँची –
अर्घाखाँची सामुदायिक विकास क्लवको आयोजनामा दोस्रो अर्घाखाँची प्रिमियर लिग  ( एपिएल ) त्रिकेट प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । प्रतियोगिताको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले व्याटिङ्ग गरेर उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै उपप्रमुख विकले खेलकुद क्षेत्रको विकासका लागि सन्धिखर्क नगरपालिकाको कार्यालयले आवश्य रहेको गरिरहेको बताए । उनले त्रिकेट लगायत सबै खेलको आ–आफ्नै खालको महत्व रहेको भन्दै सबै खेलको विकासमा जोड दिए । ‘प्रत्येक वडामा खेल मैदान निर्माण हुन लागिरहेका छन्’ उनले भने, ‘सबै स्थानीय तहले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्छ ।’ प्रदेश र केन्द्रबाट समेत खेलकुदका लागि जिल्लामा वजेट ल्याउनु पर्ने बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले खेलकुदले देशलाई अन्र्तराष्ट्रियकरण गर्नमा निकै ठूलो मद्दत गर्ने हुँदा खेलाडीको विकासमा राज्यले उचित ध्यान पु¥याउनु पर्ने बताए । ‘स्थानीय स्तरमा हुने यस्तै प्रतियोगिताबाटै खेलाडी राष्ट्रिय स्तर सम्म पुग्ने हुन्’ उनले भने, ‘खेलाडीको क्षमता वृद्धि गर्न प्रतियोगिताहरुको निकै आवश्यकता छ ।’ कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कान, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी (लेकाली), खेल पत्रकार कमल विष्ट लगायतले मन्तव्य राख्दै खेलकुदले शारिरीक स्वस्थता सँगै मनोरञ्जन प्रदान गर्ने हुँदा यसको महत्व उजागर गर्नुपर्ने बताए ।
प्रतियोगितामा चार टिमले सहभागिता जनाएको क्लवका अध्यक्ष तथा कार्यक्रम संयोजक ऋषिकेश भट्टराईले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख ५ हजार र उपविजेताले ५५ हजार रुपैयाँ हात पार्ने उनले बताए । यो पुरस्कार जिल्लामा भएका सबै खेल प्रतियोगिता मध्येको अहिले सम्मकै सर्वाधिक हो । चार समुह मध्ये रोयल सन्धिखर्कको कप्तानमा जगत क्षेत्री (सञ्जु),नमस्ते अर्घाखाँचीमा जीवन भट्टराई कप्तान रहेका छन् । यस्तै सुपर सुपा च्यालेनजर्समा त्रिभुज कार्की र यम्स स्टारको कप्तानमा विक्रम भुसाल रहेका छन् । प्रतियोगिता २२ गते सम्म चल्ने छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला