दान गर्दा सकारात्मक उर्जा बढ्छ | समाजसेवाको नशा , नशा-नशामा बग्छ – आर सी पौडेल | तस्विर सहित

ZEN Travels

असोज १२

कास्की

पर्बत जिल्ला कुश्मा नगरपालिका ०३ दुर्लुंग हाल   निवाशी भएका रामचन्द्र शर्मा पौडेल (आर सी )ले  संस्कृत माविमा पोखरा बगरमा रहेको गुरुकुल आश्रममा आवासिय रुपमा अध्ययन गर्ने वटुकहरुलाई   पितृ पक्षको अवसर पारेर आफ्ना बुबाको  तिथिमा ६० जना बटुकलाई  एक छाकको भोजन गराउनु भएको छ  | भान्जा कमल पौडेलले संस्कृत माबिको  बारेमा जानकारी दिए पछी केहि दिन पहिले संस्कृत माविको अवलोकन  भ्रमण गरेको र तिथिको  अवसरमा भोजन गराउन मन लागेको मेरो जिल्ला डट कम लाई  बताउदै   दान गर्दा सकारात्मक उर्जा बढ्ने समेत बताउनु भएको छ |

 

 

हरेक बर्ष म जहाँ  छु बुबाको तिथिको अवसरमा केहि न केहि गरिरहन्छु | यो बर्ष बटुकलाई भोजन गराउँदा म अत्यन्तै खुसि छु | उपस्थित हुन् नसके पनि भान्जा कमल पौडेल र भान्जी तारा अर्याललाई  प्रतिनिधीको  रुपमा पठाएर भोजन गराएको हामि संग बताउनु भएको छ |  आगामी दिनमा अन्य सहयोगलाई निरन्तरता दिदैं विद्यालय र विद्यार्थीेहरुको आवास तथा शैक्षिक क्षेत्रमा सहयोग गर्ने तथा सहयोगी मनहरुलाई प्रोत्साहित गर्ने बताउनु भएको छ  ।

कार्यक्रममा नेपाल ज्योतिष परिषद् गण्डकी प्रदेशका महासचिब ज्योतिषी कमल पौडेलले आर सी पौडेल व्यक्ति एक भए पनि बहुमुखी प्रतिभाको धनि भएको जानकारी दिदै उहाँ हाल नेविसंघ पर्बत जिल्ला कार्यसमितिको कार्यबाहक अध्यक्ष ,धौलागिरि लोकदोहोरी प्रतिष्ठानको दित्तीय उपाध्यक्ष ,नेपाल ज्योतिष परिषद् पर्बत सचिब, आर सी दाइको ड्राइभिङ्ग, प्रतिफल स्टेसनरी ,प्रतिफल फोटो स्टुडियो का संचालक साथै  संचारकर्मी समेत भएको जानकारी गराऊदा उपस्थित व्यक्तित्वले तालि द्वारा हार्दिक सम्मान ब्यक्त गरेका थिए |   आर सी पौडेल ले सहयोगी मनलाई   जोड्ने र बिद्यालयको  बिकास र शैक्षिक उन्नतिको लागि हरपल लागि पर्ने बताएको पनि  जानकारी गराउनु भएको थियो  |

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीले पोखराको सबैभन्दा पुरानो स्कुल भएर पनि ओझेलमा रहेको संस्कृत माविलाई उत्कृष्ट विद्यालय वनाउन विभिन्न सुधारका कार्य गर्दै आउने क्रममा गुरुकुलमा वस्ने बटुकहरुलाई ३६५ दिन नै निशुल्क भोजन प्रदान गर्नेे विभिन्न दाताहरुको सहयोग स्विकार गरेको वताउदै आजका सहयोगी दाता लाई हार्दिक साधुबाद ब्यक्त गर्नु भएको थियो |

कांग्रेश नेत्री सरस्वती गुरुङ बोल्दै भाई संग मेरो पुरानो सम्बन्ध रहेको जनाउदै  आज यहाँ आएर पनि एक ठाउँमा यो अवसरमा उभिन पाउदा हर्षित भएको र यस्ता मनहरु एक भए गुरुकुल आश्रम संचालनको लागि सहज हुने बताउनु भएको थियो |

कार्यक्रममा समाजसेवी बम बहादुर घर्ति  , पत्रकार नबिन सिग्देल ,शिक्षक गोबिन्द अधिकारिले  बोल्नु भएको थियो भने  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीको अध्यक्षता  मा भएको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले र स्वागत शिक्षक गोबिन्द अधिकारिले गर्नु भएको थियो ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला