साथी संग मनका कुरा समुहले पिकनिक आयोजना गर्ने

ZEN Travels

स्पेनमा बिभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहेको समुह साथी संग मनका कुराले पिकनिकको आयोजना गर्ने भएको छ।
कतीपय स्पेनमा बस्ने नेपालीहरु एक आपसमा चिनजान समेत नहुने हुनाले आपसी सद्भाब र परेको बेला सरसहयोगमा सहयोग हुने हेतुका साथै स्पेनमा बसोबास गर्ने नेपालीहरु बिच एकता एबं चिनजान गराउने उदेश्यले पिकनिक कार्यक्रमको आयोजना गर्न लागिएको समुहले जनायको छ । पिकनिकमा गायक, संगीतकार, गीताकार, पत्रकार सबैले सहभागिता जनाउने प्रतिबद्दता जनाएको साथै बारबिक्यु र नेपाली खानपिन र रमाईलो कार्यक्रमको आयोजना गरियको सस्थाका संयोजक सोनु राउतले बताए। पिकनिकमा संलग्नता जनाउन चाहानेहरुले (दाबा रिसी श्रेष्ठ )‭६६०४२५४०७,‭६१२२११५६३ , ६३२१९२०८० मा सम्पर्क गरेर नाम टिपाउन सकिनेछ।
बिभिन्न सामाजिक कामहरु गर्दे आईरहेको समुहले मनोरन्जन र आपसी भाईचारा बढाउने उद्श्यले पिकनिक पनि आयोजना गर्न लागेकोले आफु पनि सहभागी हुन लागेको सन्तोष श्रेष्ठले जानकारी दिदै अरुलाई पनि सहभागी हुन अनुरोघ गरेका छन् ।

संस्थाले बिगतमा पनि पिकनिकको आयोजना गरेको थियो । बिगतमा यादगार मनोरन्जन भएको सहभागिहरुले प्रतिक्रिया दियका छन् भने बिगतमा सिमीत जानकारी सहित गरियको कार्यक्रम यसपाली सबैलाई जानकारी गराउदै खुल्ला रुपमा गर्न लागियको समुहले जनायको छ ।
पिकनिक आयोजनाको हुने बिबरण :
मिती : १ अक्टुबर २०१८ सोमबार
समय : दिनको ठिक १ बजेबाट शुरु
स्थान : ट्रिनीटाट नोभा पार्क
प्रबेश शुल्क : १५ युरो मात्र

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला