दाङ: माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

ZEN Travels

दाङ-

दाङमा माटो खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएको छ ।
दाङको राप्ती गाउँपालिका दोलइ खोलामा घर पोत्ने माटो खन्न गएका एकैघरका तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।
राप्ती गाउँपालिका ४ मौरीघाटका ३० वर्षकी श्यामाकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र १२ वर्षीया रोजिना चौधरीको मृत्यु भएको हो ।
दसैंका लागि घर पोत्ने माटो लिन दोलइ खोलामा पुगेका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरि निरीक्षक पाण्डेल बताउनुभयो ।-रासस

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला