बिश्वास नै गर्न नसकिने अनौठो तर ध्रुबसत्य १० रोचक तथ्य

ZEN Travels

कतिपय कुराहरु यस्ता हुन्छन जुन आफ्नै आँखाले देखे पनि बिश्वास गर्न सकिन्न । भनेपछि, बर्षौ पुरानो कुरालाई यथार्थ हो भनेर पत्याउन गार्है पर्ला तर सत्य सधै सत्य नै हुन्छन । न काटेर झुठ बनाउन मिल्छ न त नपत्याएर सुख नै पाउछ । हो, हामीले यहा त्यस्तो अनौठो ९ ध्रुबसत्य कुराहरु प्रस्तुत गरेका छौ जुन झट्ट सुन्दा पत्यार नलाग्न सक्छ तर बिश्वास नगरी साध्य छैन । किनकी यो यति धेरै महत्वपूर्ण छ जुन बिश्वका सुप्रसिद्ध व्यक्ति र घटनासँग सम्बन्धित छ तसर्थ पनि तपाईले थाहा पाई राख्न जरुरी छ ।

१. सद्दाम हुसैन लेखक पनि हुन् satya

सद्दाम हुसैन तानाशाही शासक मात्रै हैनन् उनी लेखक पनि हुन् तर यो कुरा धेरैलाई थाहा छैन ।  उनले लेखेको जाबिबा र द किङ् नामक पुस्तक सं २००० मा प्रकाशन भएको थियो ।

 

 

२.  ट्वाइलेट खाना

सुन्दै अनौठो कस्तो होला यो खाना ? अनि कसले खाने ? तर यो सत्य हो ताइवानको एक रेस्टुरेन्टमा ट्वाइलेट आकारको खानाहरु पाइन्छ ।

 

३. छुट्टाछुट्टै प्लेनको प्रयोग saty1

राजकुमार चार्ल्स र विलियम यात्राका क्रममा छुट्टाछुट्टै प्लेन प्रयोग गर्थे । छुट्टै ठाउमा जानका लागि होइन एकै ठाउमा जान पनि उनीहरु छुट्टै प्लेनको प्रयोग गर्थे । यसका पछाडि अचम्मको कारण छ । उनीहरु सोच्थे कि यदि कुनै एक प्लेन दुर्घटनामा परे पनि अर्को प्लेनमा यात्रा गर्ने बाच्छ । यस्तो डरकै कारण उनीहरु छुट्टाछुट्टै प्लेनको प्रयोग गर्दथे ।

४.  घडीको प्रयोग गर्न नपाइने satya2

समयको सदुपयोगले नै सफलता प्राप्त हुन्छ । यसैले पनि सबैले घडीको प्रयोग गर्छन तर अचम्म के छ भने लास्बेगासको एक क्यासिनोमा भने तपाइले घडीको प्रयोग गर्न पाउनु हुन्न । किनकी कि त्यहाका मालिक भन्छन ‘कि समयको बन्देज गरेर मस्ती गर्न सकिन्न त्यसैले समयको बेवास्ता गरेर मस्ती गर्नुहोस ।’

 

५. हिटलर पादरी बन्न चाहन्थे satya3

जर्मन तानाशाह हिटलर बाल्यकालमा पादरी बन्न चाहन्थे । अझ अनौठो त यो छ कि सारा दुनिया हिटलरसंग डराउछन् तर उनि भने बिरालो संग डराउछन । स्मरण होस् नेपोलियन पनि बिरालोसंग डराउथे ।

६. चार्ल्स डार्बिन सबै जनावर खान्थे

पत्याउनु भएन ? हो, बैज्ञानिक चार्ल्स डार्बिन आफुले अनुसन्धान गर्ने हरेक जनावर खाने गर्थे । अनुसन्धानका क्रममा आएका कठिनाई र सफलताका लागि उनी कुनै पनि जनावर खान हिच्किचाउदैनन ।

७. ३९ जना श्रीमती ९४ जना बालबच्चा satya4

विश्वभर एक सन्तान इश्वरको बरदान भनिरहँदा भारतमा भने एउटा अचम्म लाग्दो परिवार भेटिएको छ । सो परिवारलाई विश्वकै सबै भन्दा ठूलो परिवारका रुपमा लिइएको छ । उक्त परिवारमा एक व्यक्तिका ३९ जना श्रीमती छन् भने ९४ जना बालबच्चा रहेका छन् । उनीहरु ४ घरको एक सय कोठामा बस्छन ।

 

८. फिल्ममा काम गरेपछि चीन प्रबेशमा रोक

हलिउड स्टार ब्रेड पिटलाई चीन प्रबेशमा रोक लगाइएको छ । यसका पछाडी रोचक कारण छ । उनले ‘सेभेन एयर इन तिब्बत’ मा काम गरेबापत चीनमा रोक लगाइएको हो ।

९. ७ हजार पेडाको गितार

अर्जेन्टिनामा एक व्यक्तिले ७००० पेडाको गितार बनाएर आफ्नो श्रीमतीलाई गिफ्ट दिएका छन्  ।

 १०. एकै ठाउमा ४ हजार सर्प satya5

हामीले सुन्ने बितिक्कै डर लाग्छ । तर यो सत्य हो सओपालोमा ११० एकडका एक आइलैंड छन् जहा ४ हजार भन्दा बढी सर्प छन् । यसलाई बिश्वकै खतरनाक ठाउ मानिन्छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला