तेजाब तथा घातक रासायनिक पदार्थ बिक्रि वितरणमा सरकारको कडाई

प्रकाशित मिति: २३ चैत्र २०७७, सोमबार ०४:४४

सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ बिक्रिवितरणमा कडाईं गर्ने भएको छ । गृह मन्त्रालयले तेजाब तथा अन्य घातक रासायकि पदार्थ खपत गर्ने उद्योगलाई ७ दिनभित्र वार्षिक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।हिजो मन्त्रालयले सूचना जारी गर्दै देशभरका उद्योगलाई तेजाब तथा अन्य घातक रासायनिक पदार्थको खपत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । मन्त्रालयले नेपाल सरकराबाट तेजाब तथा अन्य घातक रासायकि पदार्थ (नियमन) नियमावली, २०७७ स्वीकृत भई नियमावलीको नियम ५ (२) मा प्रचलित कानून बमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको हुँदा अबदेखि कसैले पनि तेजाब वा घातक रासायनिक पदार्थको खरिद बिक्रि गर्नका लागि स्विकृति लिनु पर्ने बताएको छ । नियमावलीको अनुसूची ८ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिएर औद्योगिक प्रयोजन वा के का लागि तेजाब वा घातक रासायनिक पदार्थ खरिद गर्न लागिएको हो सोको जानकारीसहितको निवेदन पेश गरेर मात्रै खरिद बिक्रि गर्न पाउने सूचनामा उल्लेख गरिएको छ । यस्तै आ–आफ्नो उद्योगमा वार्षिक स्किमअनुसार के कति परिमाणमा के कस्तो रसायन आवश्यक पर्दछ सो को नियमानुसारको स्पष्ट विवरण पनि ७ दिनभित्र पेश गर्न मन्त्रालयले निर्देशन दिएको छ । यसअघि खुला रुपमा तेजाब तथा घातक रासायनिक पदार्थको बिक्रि वितरण हुँदा महिला तथा पुरुषहरुमाथि हिंसा बढेको थियो । सरकारले यस्ता हिंसा न्यूनिकरणका लागि यस्तो कडाई गरेको हो ।

साभार : Cinkhabar

(Visited 79 times, 1 visits today)

२३ चैत्र २०७७, सोमबार ०४:४४ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....