योनी र अनुहार किन सबैभन्दा असुरक्षित ?

ZEN Travels

कुरा गर्न हिजोआज विषय चाहिँदैन, जहाँबाट सुरु गरे पनि बलात्कारको विषय आइहाल्छ । समान पेसामा भएका एक पूर्व सहकर्मीसँग व्यक्तिगत भलाकुसारी र समसामयिक विषयमा कुरा हुँदै थियो । उनले बीचमै सोधे, ‘तपाईंको मनमा डर छैन ?’
अपर्झट आएको यो प्रश्नले केहीबेर अक्क न बक्क भएँ । उनलाई जवाफ दिन सजिलो थिएन । तर म चुप लाग्दा उनले जवाफ
पाए । तर डर चाहिँ हिजो पनि थियो, आज पनि छ र यस्तै रहने छ सायद भविष्यमा पनि । रातभर निदाउन नसक्नु, अनेक अनेक तर्कना आउनु सायद त्यही डर थियो । बिहान बच्चा छोडेर कार्यालय आउँदा मन अमिलिनु पनि त्यही डर थियो । स्कुल बिदा भएको दिन १२ बजेको ‘नेपाल खबर’ प्रस्तुत गरेर हतार–हतार छोरीको स्कूल दौडनुको पछाडि पनि डर नै थियो सायद ।
जब छोरीले स्कुल जान्न भन्छिन्, एकतमासको हुन्छ मन ।

मनमा अनेक तरंग, तर्कना र भाव उब्जिन्छन् । अनि मन उकुसमुकुस हुन्छ । तर यो उकुसमुकुस गृहमन्त्रीले झन बढाइदिएका छन् । संसदको राज्य व्यवस्था समितिमा गृहमन्त्रीले पुँजीवादका कारण बलात्कार बढेको ओठे जवाफ दिएपछि फुकाउन खोज्दा मनमा झन् ठूलो गाँठो पर्न थालेको छ । त्यसमाथि हिजो छोरीले स्कुल जान मन गरिन । छोरीसित कुरा गर्न थाल्छु ।
‘तिमीलाई आज म्यामले छोरी भन्नु भएन हो ?’,
‘होइन ।’
‘अनि के त साथीभाइले जिस्काए ?’
‘होइन ।’
अनि खाजा पो खोसिदिए जस्तो छ ?
‘होइन के ।’

छोरीको स्कुल नजाने कारणको हरेक होइनले मलाई थप विचलित बनाउँछ । यसअघि सधैँ रमाएर स्कुल जाने छोरी । अहिले किन स्कुल
जान मन गर्दिनन् । फेरि म उनीसँग खेल्दै विषय कोट्याउँछु, तिमीलाई स्कुल जान मन नलाग्नुको कारण साथीहरुले चिमटेर होला पक्कै ! (केही
समय पहिले उनले साथीले चिमटेको गुनासो गरेकी थिइन्, मैले त्यसलाई आधार बनाए । ‘ह्या हैन के । कत्ति सोधिराकी । मलाई तिमीसँगै बस्न मन लागेर हो के स्कुल जान मन नलागेको’, छोरीले यसो भनिन् । ठूलो बोझ बिसाए झैँ, हलुंगो भो मन । आजलाई डरको ठूलो पोको फुस्स फुक्यो । तर, यो डर आज एकछिनका लागि पो सकियो त, फेरि आउनलाई के बेर ? केही दिन अघिमात्रै भारतीय सञ्चारमाध्यमले
बलात्कार गरेको आरोपमा दोषी ठहरिएका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिएको खबर सार्वजनिक गरे । सहकर्मी लक्ष्मण कार्कीले विदेशको समाचार के हो खै भनी नसक्दै मेरो मुखबाट जवाफ निस्क्यो, ‘एउटा गजबको खबर दिन्छु । एक छिन पर्ख ।’ बलात्कारीलाई कडा सजायको व्यवस्था भएको खबरले म मात्र होइन, समाचार कक्षका हामी सबै दंग प¥यौं । दिनहुँको हिंसा, बलात्कारपछि हत्या भएकी निर्मला पन्तले न्याय नपाएको खबर, आमाको काखैबाट चोरी भएकी नौ महिनाकी बालिका बलात्कृत भएको खबर, छिमेकीको प्रेम प्रस्ताव अस्वीकार गर्दा तेजाबले डढेर उपचारका क्रममा निधन भएकी किशोरीका खबरले हामी सबै वाक्क दिक्क भइसकेका छौं । जम्का भेट, चिया–कफी, खानपान, भेटघाट होस् या अरु नै फुर्सद, जति बेला पनि ‘छोरी कसरी जोगाउने ?’ भन्ने डरले मन गरुँगो भइराखेको हुन्छ । तर जवाफ सधंै सीमित घेरामा रहन्छ । आक्रोश पोख्यो, एक छिन करायो अनि शान्त पा¥यो मन ।
अहिले छोरी चेली असुरक्षित भएको खबर गफगाफको पहिलो विषय
बन्छ । कसैलाई आजको खबर सुन्नुभयो भन्दा, ‘के सुन्नु ? उही बलात्कार,
हत्या, हिंसा त हो । दोषीलाई कारबाही छैन । न प्रहरी न सरकार ? पीडित
र गरिबलाई सँधै अत्याचार’ जवाफको आम बान्की यस्तै हुन्छ ।
गाउँ, सहर बजार, केन्द्रीय राजधानी कहीं–कतै सुरक्षित छैनन् महिला
र छोरी । संघीय राजधानी काठमाडौंमा मात्र गएको साउन १ गते यता
५० भन्दा वटा बलात्कारका घटना उजुरी परेका छन् । तर कारबाही भने
शून्य जस्तै । बलात्कार र बलात्कारपछि हत्याका घटना बढिरहँदा गृहमन्त्री
रामबहादुर थापाले भने पूँजीवादले यस्ता घटना बढेको बताएर मनमा अर्को
डर थपिदिए । पुँजीवादका कारण बलात्कार बढेको मन्त्रीको तर्क थियो !
०४७ सालमा प्रजातन्त्रको पुन स्थापनाताका अन्तरिम सरकारका गृहमन्त्रीले
बलात्कारविरुद्ध महिलालाई लामा लामा नङ पाल्न र झोलामा खोर्सानीको
धुलो बोकेर हिँड्न सुझाव दिएका थिए ।
अहिलेका मन्त्रीले पुँजीवादलाई बलात्कारको कारण देखाए ।
अप्रत्यक्षरुपमा उनले त नेपाल पुँजीवादतर्फ बढ्दै जाँदा बलात्कार पनि
बढ्छ भन्ने आशय व्यक्त गरे । सांसदहरु बलात्कारका दोषीको नाम सुन्न
आतुर भएका बेला गृहमन्त्री जस्तो व्यक्तिले यस्तो ‘ननसेन्स’ र ‘बेकार’को
कुरा भन्न सुहाउँछ ? त्यो पनि व्यक्तिगत भेटमा हैन, संसदको समितिमा ।
गृहमन्त्री थापाले भनेझैँ पूँजीवादका कारण बलात्कार बढेको हो भने
पुँजीवादका कारण देशमा व्यापार, व्यवसाय, उत्पादन र रोजगारी पनि
बढ्नुपर्ने थियो । त्यो त बढेको छैन, बरु घटेको छ । गृहमन्त्रीले पूँजीवादी
देशमा बलात्कार ‘फ्री’ छ भन्न खोजेको हो भने त्यो सय प्रतिशत झुट
हो । बलात्कार संसारका सबै पूँजीवादी देशमा दण्डनीय छ । तिनै पूँजीवादी
देशहरुको दबाबमा नेपालले बलात्कार र हत्या गरेको अभियोगमा चाल्र्स
शोभराज नामको मानिसलाई नेपालकै जेलमा थुनेर राखेको कुरा मन्त्रीको
जानकारीमा नहोला कसरी भन्ने ?
गृहमन्त्रीको बुधबारको अभिव्यक्तिले त सरकार बलात्कार रोक्न
चाहँदैन भन्ने मात्रै बुझिन्छ । प्रतिवेदनले कञ्चनपुरकी निर्मला पन्तको
बलात्कारपछि हत्या भएको घटनाको दोषीलाई कारबाही गर्न नसक्नुलाई
प्रहरी नै दोषी देखाएको छ । तर गृहमन्त्री प्रहरीलाई कारबाही गर्न छोडेर
पूँजीवादका टाउकामा दोष थुपार्छन् ! पुँजीवादमा पनि बलात्कार डरलाग्दो
अपराध हो र त्यहाँ पनि कडा सजाय हुन्छ । त्यहाँ बलात्कारी मात्रै
होइन,महिलामाथि स–साना दूव्र्यवहार गर्नेलाई पनि कडा कारबाही हुन्छ ।
बलात्कार भनेको महिलाको इच्छा विपरीतको जबरजस्ती हो । पेशाले
यौनकर्मी भएकाहरुले पनि इच्छा विपरीत यौन सम्पर्क गर्दिन भन्न पाउँछन् ।
पुँजीवादी भनिएका देशमा पनि उनीहरुको उजुरी सुनिन्छ । इच्छाविपरीतको
यौनकर्मलाई बलात्कार ठह¥याएर सजाय दिइएका उदाहरण भारतमै पनि
धेरै छन् । नेपालमा कानुनत पछिल्लो समय छोरीमाथि विभेद घट्दो छ ।
यसलाई विकासको एउटा फड्को मान्न सकिन्छ । तर छोरी भएकै कारण
हिंसाको शिकार हुनु, हरेक आमाको मनमा डरको घर बन्नुलाई के मान्ने ?
प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा छोरीको अनुहारमा छ्यापेको
तेजाबको ‘डाह’ आमाले सक्लिन् भुलाउन ? के अबको समाज र छोरीका
बाआमाले छोरीको अनुहार र योनिकै सुरक्षामा मात्रै चिन्तित हुनु पर्ने हो
?गृहमन्त्रीको जवाफले त त्यही संकेत गर्छ त !
पुरुषको झैं महिलाको शरीरमा पनि धेरै अंग हुन्छन् भन्ने सम्झाउनु
पर्दा आफै अज्ञानी भए जस्तो लाग्छ । तर यही कुरा गृहमन्त्रीले समेत
बिर्सिएका छन् । महिलाका धेरै अंग मध्येको एक अंग हो योनि । पिसाब
फेर्ने, महिनावारी हुने, पाठेघर सबै योनीसित सम्बन्धित छन् ।
प्रकृतिले पुरुषलाई देखाउने खालको र महिलालाई लुकाउने खालको
प्रजनन अंग दिएको छ । तर महिला शरीरको एउटा कुनामा लुकेको
योनि र सबैले देख्ने अनुहार आजको नेपालमा सबैभन्दा असुरक्षित छन् ।
गृहमन्त्रीको जवाफले त महिलाले आफ्नो जन्मदेखि नै लुकाएर राखेको
योनिमाथि पनि थप आक्रमण हुनसक्ने संकेत पो गरेको छ ।
के अब देशको सुरक्षा र महिलाको सुरक्षा यसैगरी हुने हो ? आजको समाधान दैनिको विचार पृष्ठमा यो समाचर प्रकाशित भएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला