अखिल /अखिल क्रान्तिकारीको झालझेललाई जित्यो नेबिसंघले |

ZEN Travels

पोखरा

पोखरामा रहेको बिन्दुवासिनी संस्कृत बिध्यापिठ  क्याम्पस बगरमा केहि दिन पहिले अखिल /अखिल क्रान्तिकारीले इकाई गठनमा नेविसंघका विद्यार्थी राखेर इकाई पुर्याएको खबरले पोखरा तातेको छ | नेविसंघ का बिद्यार्थी सन्तोष पौडेल को नाम समेत राख्नको  लागि अनुमति माग्न पुगेका अखिलका नेतालाई नेविसंघको रणनीति अनुरुप नेविसंघकै सन्तोष पौडेल लाई  पठाएर उनीहरुका रणनीति बुझ्दै यो मुद्दामा नेविसंघले आफ्नो जित हासिले  गरेको छ | इकाई  गठन गर्दै संस्कृत पढ्ने भाइ हरुलाई बर्षको एक पटक जिल्ला बाट आउने  ब्यानर बनाउने केहि रकम प्रदान गर्ने र आफ्नो स्वार्थ पुरा गर्ने गरेको गुनासो आएपछी नेविसंघले यो रणनीति  अख्तियार गरेको  नेविसंघ कार्यबाहक अध्यक्ष कमल पौडेलले बताए | केहि दिन पहिले नेविसंघको पहलमा युरो गार्ड राखेको तर बिग्रेको  सात दिन हुदाँ समेत मर्मतको  लागि  ५०० रुपयाँ जुट्दैन  तर ब्यानर बनाउन र चियापानमा खर्च जुट्छ अखिल र अखिल क्रान्तिकारीको | तिनै बिधार्थीले पिउने पानिको समस्या हुदाँ चासो केहि छैन तर ठुला ब्यानर बन्न सक्छन स्ववियु  सहसचिब दिपेश पराजुलीले  भने बिद्यार्थीको  हक हितको कुरा छैन तर  यहाँ संस्कृत क्याम्पसलाई  हरेक संगठनले  प्रयोगको रणनीति अपनाएको प्रति आपत्ति  जनाए | आफुलाई अखिल /अखिल क्रान्तिकारीले  आफ्नो नाम राखेको प्रति आफ्नो आधिकारिक सार्वजनिक गरेका छन् | उनले सार्वजनिक गरेको बिज्ञप्ति जस्ताको तस्तै |

सम्पूर्ण साथीहरु जय नेपाल

                            बिषय –  खण्डन गरिएको बारे |  

बिन्दुबासिनी संस्कृत विद्यापीठ क्याम्पस बगरमा अध्यनरत म सन्तोष पौडेललाई केहि दिन पहिले अखिल / अखिल क्रान्तिकारी नामक संगठनले हाम्रो सङ्गठनको कार्यसमिति सदस्य भनि प्रचार प्रसारमा ल्याएको प्रति मेरो घोर आपत्ति छ | केहि साथीहरुले तपाईलाई  राख्छौ भनेर म बाहिर भएको बेलामा भन्नुभएको थियो | म क्याम्पसमा आइसकेपछि प्रत्यक्ष रुपमा पनि तपाइँहरुले आग्रह गर्नु भए पछी ,अग्रज दाजु कमल पौडेल संगको सल्लाहमा तपाइँहरुको रणनीति बुझ्न आवश्यक ठानी राख्नु न त भनेर सामान्य संकेत गरेको आधारमा केहि दिन साथिहरु रमाउनु भएको पक्कै पनि यहाँहरुलाई अवगत नै छ | म नेबिसंघको योद्धा भएको यहाँहरुलाई अवगत हुदाँहुदै मेरो नाम राख्नु तपाइँहरुको बौद्धिकताको कमि र अदूरदर्शी दृष्टिकोण भएको मैले र हाम्रो संगठन नेपाल बिद्यार्थी संघले बुझेको छ | म नेपाल बिद्यार्थी संघको योद्धा हुँ र सधै रहन्छु पनि | सबै संगठन प्रति मेरो समान दृष्टिकोण सदा रहने छ तर धर्म,संस्कार ,संस्कृति र संस्कृत भाषा प्रति तपाइँको संगठन र माउ पार्टी को आधिकारिक धारणा कथित जनयुद्धमा क्रियापुत्री मारेको , जनै काट्दै हीडेको , संस्कृतका पुस्तक जलाउदै हिडेको , हिन्दु धर्मको जननी  हाम्रो राष्ट्रिय जनावर  गाईलाई काटेर खाएको जुन सारा संसारलाई अवगत नै छ | के म यस्तो बिचार धारामा रहन सकूँला ? ज्यान जाला सक्दिन | जुन शिक्षा हामीले अध्यनरत छौ यहिँ शिक्षालाई बाहुनको हैकमबादी प्रवृतिको सोच हो भनि मास्न लागिपरेको हामिलाई अवगत भएको कुरा हो | अर्को कुरा ओमकार परिवार ९२% भएको देशलाई कथित जनयुद्धको नाममा हिन्दुराज्य नेपाल लाई धर्म निरपेक्षता लाद्नुमा तपाईको माउ पार्टीको एजेन्डा मुख्य कारक छ |  मैले तपाईको संगठनमा आएर एक इट्टा थपेर मेरो धर्म मास्न , मेरो अध्यनरत  शिक्षा मास्न बल पुर्याउने काम गर्न  म के  सकूँला ? कदापि सक्दिन  |  के म यस्तो बिचार धारामा रहन सकूँला ? ज्यान जाला सक्दिन | मेरो शरीरमा एक थोपा रगत भए सम्म म नेपाल बिद्यार्थी संघको योद्धा हुँ  र हुनेछु | साथिहरुलाई पनि आग्रह गर्न चाहन्छु लाग्नुहोस् सिद्दान्त  बुझेर लाग्नुहोस् | लाग्न त लाग्नुहोस तर तपाईले आफ्नो टुपी ,आफ्नो अगाडी भएको भागवत पुस्तक ,आफ्नी आमा , आफ्नो जनै र आफ्नो   संस्कारलाई  त्यागेर मात्र लाग्न उचित होला | साथीहरुले मेरो आशयलाई बुझ्नु  हुनेछ  मैले आसा गरेको  छु | हरियो घासँमा हरियो सर्प आएर डसे झैँ संस्कृत भाषा मास्न  आएका झुण्डहरुलाई सम्पूर्ण साथिहरुले चिनेर बस्नुहुन  अनुरोध गर्दछु | अहिले सम्म नेपाल बिद्यार्थी संघले क्याम्पसमा गरेको योगदानलाई पनि मुल्यांकन गर्नु हुन साथिहरु लाई  आग्रह गर्दछु | अहिले सम्म तपाईको संगठन स्ववियु चुनाबमा झुल्के पछी अहिले भन्दा अगाडी क्याम्पस टेकेको  देखाउन  चुनौती दिन्छु  | म नेबिसंघ थिएँ,छु ,रहने छु , र भन्छु जय नेपाल |  जय नेपाल

सन्तोष पौडेल

नेपाल बिद्यार्थी संघ ,बिन्दुबासिनी संस्कृत बिध्यापिठ  क्याम्पस बगर

 

 

 

 

 

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला