जग्दम्बा प्राविका सवै विद्यार्थीहरुलाई पोशक र कम्पुयुटर प्रदान ।

ZEN Travels

कुस्मा ,खुर्कोट ।
कुस्मा नगरपालिका २ मा रहेको जग्दम्बा प्राबिका विद्यार्थीहरुलाई शुक्रबार पोशक तथा कम्पुयुटर वितरण गरिएको छ ।
कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले आफ्नो सेवा वापतको खर्चले उक्त विद्यालयका २५ जना दलित तथा अति विपन्न समुदायका विद्यार्थीहरुलाई उनले सो प्रदान गरेका हुन् । पोशक बितरण गर्दै उनले शिक्षामा जोड् दिनुपर्ने वताए । शिक्षाले समाजको रुपान्तरण गर्न सक्ने बताउदै सो विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने वताए ।
कुस्मा नगरपालिकाका नगरशिक्षा अधिकृत राजेन्द्र वहादुर क्षेत्रीले विकासको नाममा सडक भवन मात्र नभई शिक्षाको विकासमा अग्रसर हुन आग्रह गर्दै कुस्मा नगरपालिकाले शिक्षामा पर्याप्त मात्रमा बजेट विनियोजन गर्न नसकेको गुनासो गरेका छन् ।

 

 

 

सो, अवसरमा कुस्मा नगरपालिका खुर्कोट सुरेशराज रेग्मीले आफ्ना स्वर्गीय पिताको नाममा कम्पुयुटर हस्तान्तरण गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्बर उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडाध्यक्ष यादुनाथ शर्मा वास्तोल,चित्रकला भारती शर्मा,शिक्षिका सकुन्तला शर्मा,प्रअ रामप्रसाद शर्मा लगागतले बोलेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला