तारा खेल प्रतियोगिताको उपाधि मगर म्यागदी समाज पोखरा जित्न सफल

ZEN Travels

कुस्मा ४ ।
आन्नद आर्चरी क्लवले आयोजना गरेको तारा खेल प्रतियोगिताको उपाधि मगर म्यागदी समाज पोखराले जितेको छ । दृतिय उपाधी रिभर साईड वेनी म्यागदीले जितेको छ ।भने,तृतिय उपाधी अमरदिप पोखराले प्रापत गरेको छ ।

उपाधि प्रदान गर्दै नगरप्रमुख रामचन्द्र जोशीले मुस्ताङमा मात्रै प्रख्यात यो तारा खेल पर्वतमा पनि विस्तार गर्दै खेलकुद क्षेत्रमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वताए । उनले नगरपालिकाको तर्फवाट पनि ताराखेललाई निरन्तराता दिने वताए ।
प्रथम समुहले ४० हजार शिल मेडल, दृतियले २५ हजार शिल मेडल र तृतियले १५ हजार सहित शिल मेडल प्राप्त गरेका छन् । यस्तै सो प्रतियोगितामा जितेन्द्र रोका र तजेन्द्र पुन वस्ट खलाडी हुँदै उपाधि जितेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला