नेतृत्व परिवर्तन आवश्यक : शशांक

ZEN Travels

विराटनगर ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेतृत्व असफल भएका कारण पार्टी कमजोर बनेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन प्रदेश नम्बर–१ स्तरीय प्रशिक्षण कार्यक्रमको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै कोइरालाले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताए ।

गत निर्वाचनमा पनि पार्टी नेतृत्वमा गुट हावी हुँदा पार्टीले पराजय व्यहोरेको उनको भनाइ थियो ।

दुईदिने प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर–१ अन्तर्गत् १४ जिल्लाका करिब १५० संघ–संस्था आवद्ध कर्मचारी सहभागी छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला