“ग्रीनसिग्नल”

ZEN Travels

 सन्तोष न्यौपाने बेल्जियम

सदा झै रीमा आज पनि घरमै बसी।सहर को मध्य बिन्दुमा रहेको ठूलो बिल्डिङको एउटा तलामा बस्थि उ।लगभग पुरै सहर देखिने गरी बनाइएको उक्त भवनको अन्तिम १५ औं तल्ला उसको अपार्टमेन्ट थियो।उक्त अपार्टमेन्ट मा रीमा र उसको छिमेकी बस्थे।

उ १५ ए मा बस्थि भने छिमेकी १५ बि। रिमाको श्रीमान सहरमै प्रतिष्ठित कम्पिनका जागीरे थिए।राम्रै कम्पनी भएकाले पनि उनीहरूको जीवनशैली अरु भन्दा भिन्न देखिन्थ्यो। उनीहरूका २ बालबच्चा थिए।दुवै १५ उमेर काटिसकेका। रीमा पारिवारिक कारण देखाउँदै जागिर छाडेर केही समय देखि घरमै बस्दै आएकी थिई।

छोराछोरी र श्रीमान एउटै समय मा घर देखि निस्कन्थे र घर आइपुग्थे ।सबै राम्रै चलेको थियो। रीमा रुपमा जती सुन्दर थिइ त्यति नै उसको हाउभाउ सुन्दर थिए।एकपटक उ संग बोलेपछि सबै लोभिन्थे।अझ उसको सारीरिक बनोट ले जोकोहि पनि लोभिन्थे।उमेरले ३६ काटेपनि पहिलोपटक देख्नेले २५/२६ की भनेर जिस्क्याउँथे। समयसँगै छिमेकी संग रिमाको हेलमेल बढदै गएको थियो। छिमेकी मा स्टेफन र उसकी श्रीमती थिई।श्रीमती जागीरे अनी स्टेफन बेरोजगारी।

स्टेफन र रिमाको सम्बन्ध झाँगिदै गएको थियो। एकदिन स्टेफन ले रिमालाई सेक्सको प्रस्ताव राख्यो।यो कुरामा रीमा हार खान सकिन।किनकि रीमा उसको श्रीमान संग भन्दा स्टेफन संग नजिक थिइ।स्टेफन आफ्नो प्रस्तावमा सफल बन्यो। यो प्रक्रिया चलेको केही महिनामा रिमाको पोल खुल्यो।उसको श्रीमान समयभन्दा केही छिटो घर आउँदा उसको यो हर्कत सबै देखें।पारिवारिक कलह बढ्यो।बाहिर पनि गाईगुँई सुनिन थाल्यो। उसलाई देख्नेहरु रीमाकै कुरा निकाल्थे। अब उसलाई असह्य भयो।कम्पनीलाई भनेर उसको परिवारलाई उक्त सहर छाडेर अर्को सहर बसाई सराई गरे।जहां नेपाली कम थिए भने सानो सहरमा रमाइलो बस्ती थियो।त्यसपछि रीमा पनि जागीरे बनी।सबै कुरो मिल्यो।अहिले पुन उनीहरू पुरानै सहर जहां रिमाले ग्रिन सिग्नल दिएकी थिई त्यही आएर बसेका छन्।

केवल फरक थियो ,हिजो अपार्टमेन्ट मा बसेका उनीहरू आज आफ्नै घर किने। सबै ठीक भय पनि रीमा र उसकी श्रीमान लाइ अहिले पनि त्यही स्थितिले खोताली रहन्छ।बाहिर राम्रै देखिएपनि धेरैको नजरमा उसकी श्रीमती गिरेको देखिन्छे।तर पनि बिर्सन प्रयास गर्दैछन् त्यो ग्रीन सिग्नललाई।।।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला