पर्वतः नगरशिक्षाको अनुगमनले शिक्षामा सुधार ।

ZEN Travels

रामकृष्ण लामिछाने
पर्वत ।
कुस्मा नगरशिक्षा शाखाले यहाँका प्रत्यक सामुदायिक र निजी स्रोतका विद्यालयहरुको अनुगमनलाई तिब्रता दिन थाले पछि शिक्षामा सुधार आउनथालेको छ । भने,शैक्षिक सस्थाहरुको अवस्थामा सुधार आउन थालेको छ ।
कुस्मा नगरपालिकामा ६७ वटा सामुदायिक विद्यालय र १४ वटा निजि स्रोतबाट सञ्चालनमा रहेका विद्यालय रहेका छन् । नगरशिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री,स्रोत ब्यक्तिहरु सहित विषय शिक्षकहरु अनुगमनमा यहाँका १४ बटा वडाका विद्यालयहरु नियमित जाने गरेका छन् । संस्थागत विद्यालयहरुमा अनुगमन गर्दै मासिक शुल्क,पाठ्यक्रमको प्रकार,लेखा परिक्षण,व्यवस्थापन समिति,विद्यार्थीहरुको नतिजा मुल्याङकन लगायतका शिर्षकहरुमा अनुगमन गरेका छन् । यस्तै,सामुदायिक विद्यालय तर्फ पनि विद्यालयका विद्यार्थीहरुको पढा्ई,कक्षा अवलोकन जस्ता क्रियाकलापहरुको अवलोकन गरेका हुन् ।
‘हामीले प्राय छड्के अवलोकन गर्छौ,’नगर शिक्षा शाखाका अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले भने,‘ कम्जोरी भएमा विद्यालयका प्रधानाध्यापकलाई सच्चाउँन अग्राह गछौं । क्षेत्रीले भने,सुझाव अनुसार परिवर्तन नआएमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु सहित प्रधानध्यापक शिक्षक शिक्षिकाको माझँमा बसेर समस्या र समाधानको उपाय खोज्छौं ।’
कुस्मा नगरपालिकाको शिक्षा शाखामा भने पर्याप्त मात्रमा बजेट विनियोजन नहुदाँ शिक्षा क्षेत्रले सोचे अनुसार प्रगति हासील गर्न गुनासो पटक पटक नआउँने भने होईन् । यहाँका धेरै जसो सामुदायिक विद्यालयहरुमा ई.सि.डी कक्षाहरु,अगं्रजी माध्यमका कक्षाहरु सुरु भईसेकेका छन् । यहाँ ई.सि.डी कक्षाका शिक्षकहरुको पारिश्रमीक वढाउँने र शिक्षकको दरवन्दी शिघ्र मिलान नगर्दा समस्या भएको गुनासो कुस्मा १४ आर्थर डाँडखर्कको पञ्चकोशी माविका प्रअ अर्जुन शर्माले गर्दछन् । प्रअ अर्जुन शर्माले भने,‘ सामुदायिक विद्यालयले पनि राम्रो गर्न सक्छ भन्ने सन्देश दिन लागि परेको अवस्थामा समस्याहरु सुनुवाई नहुँदा ग्राहो भएको छ । पञ्चकोशी मावि आर्थरले सञ्चालन गरेको इ.सि.डि कक्षामा छोराछोरी अध्यापन गराउँन अभिभावले समेत यतिवेला चासो दिन थालेका छन् ।
यहाँको कालिका मावि खुर्कोटले आफ्नो ५ कोठे भवन वनाउँन लागेको छ । प्रधानध्यापक बाबुराम शर्माका अुनुसार कुस्मा नगरपालिका र नगरशिक्षा शाखाले आर्थिक सहयोग गरिदिने तर्फ ध्यानदिन अनुरोध गरेका छन् । उक्त विद्यालयले पनि शैक्षिक स्तरमा राम्रो नजिता हासिल गरेको छ ।

हाल यहाँका सामुदायिक विद्यालयहरुले संस्थागत विद्यालयहरु संग प्रतिस्पर्धा गर्न थालेका छन् । सामुदायिक विद्यालयले संस्थागत विद्यालय सरहको पठ्नपाठनलाई सिको गरेका छन् । भने,संस्थागत विद्यालयहरुले आधुनिक र वैज्ञानिक स्तरको पढाईको सुरुवात गर्न खोजेका छन् । नगरशिक्षाले समयसमयमा शिक्षकहरुको क्षेमता वृद्धि गर्न तालिमको समेत आयोजना गरेको छ । कुस्मा ठुलीपोखरीको जनता सुदैशन माविका शिक्षाक आन्नद रिमाले भने,‘यसरी तालिम पटक पटक दिदाँ शिक्षकशिक्षिकाको क्षेमतामा सुधार आउँछ ।
यहाँ कुस्मा नगरपालिका अन्तर्गतका केहि विद्यालयहरुमा थोरै विद्यार्थी धेरै शिक्षक रहेका छन् । विद्यालय मर्जको सुरुवात गर्ने समेत शिक्षा शाखाले योजना वनाएको छ । भने,सवै ई.सि.डि कक्षाहरुमा खाजाको व्यवस्था गर्ने तर्फ पनि कुस्मा नगरपालिकाका समक्ष पहल भईरहेको जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला