होसियार वनौंः कुस्मा बजारबाट ४ जना जुवाडे पक्राउ ।

ZEN Travels

पर्वत  ।

जिल्ला प्रहरी कार्यालय पर्वतले आईतबार गोप्य सुचनाको आधामा जुवा खेली रहेको अवस्थामा कुस्मा न.पा. वडा नं ५ कुमाल टोल स्थिल गुप्त वहादुर पुनको घरमा छापा मार्दा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कुश्मा नगरपालिका वडा न ५ का वर्ष ५६ को गुप्त व पुन, मोदी गाउँपालिका वडा नं ४ का ३८ बर्षिय वुद्धि वहादुर पुन ,  लेवास नगरपालिका वडा न ५ खानिगाउ वस्ने वर्ष ३० को दिनेश सुनार, जलजला गाउपालिका वडा न ९ वस्ने वर्ष १९ को सन्दिप पुन रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको साथबाट नगद रु. ७ हजार ९ सय २५ सहित ४ बुक तास समेत बरामद गरि जिल्ला प्रशासन कार्यालय पर्वतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख भूवनेश्वर तिवारीका अनुसार चाडापूर्वको समयमा यस्ता गतिबिधी वढ्न नदिन विशेष सुरक्षा योजनाका साथ लागि परेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला