छन्द–तरङ्गको दोस्रो सृङ्खला

ZEN Travels

छन्द–तरङ्गको दोस्रो सृङ्खलामा छन्द कवि रमेश खकुरेल, सीता भट्टराई, र बलराम दाहालले आफ्नो प्रस्तुति छन्द पारखिहरुका माझ प्रस्तुत गर्नुभएको छ ।
साहित्यको कविता विधाको छन्द सिर्जनाको स्तरोन्नती, संरक्षणका साथै नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले, छन्द कविताको मानकीकरणका लागि सुरु भएको अभियान छन्द तरङ्गको यो दोस्रो सृङखला हो ।

लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) को आयोजनामा कुञ्ज थिएटरमा भएको उक्त कार्यक्रमको दोस्रो सृखलामा श्रष्टा रमेश खकुरेल, सीता भट्टराई, र बलराम दाहालले आफ्नो छन्दा कविता प्रस्तुत गर्नुभएको थियो ।

छन्द तरङ्ग कार्यक्रमका कार्यक्रम संयोजक द्धय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको छन्द जागरण अभियानको दुई दशकको सहयात्रालाई मुर्त रुप प्रदान गर्दै हरेक महिना तिन जना प्रतिनिधि कविहरुका प्रतिनिधि कविताहरु प्रस्तुत गर्ने गरि छन्द तरङ्ग मासिक शृङखलाको थालनि गरिएको हो ।

छन्द कविताका अभियन्ता तथा कार्यक्रम संयोजक डा. देवी नेपालले छन्द कविताको जागरणमुखी परम्परालाई प्रस्तुत गर्दै छन्द कविताको मानकीकरणका लागि हरेक महिना स्तरीय कविताहरु सम्प्रेषण गर्दै जाने, वार्षीक कृति प्रकाशन गर्ने र छन्द साधना पुरस्कार समेत प्रदान गर्ने काम अगाडि बढि बढिसकेको बताउनुभयो । अर्का संयोजक डा. रामप्रसाद ज्ञवालीले आफुहरुले सुरु गरको अभियानले औपचारिक उचाई प्राप्त गरेको र नयाँ पुस्ता समेत छन्द जागरण अभियानमा सर्मपीत भएको देख्दा यो अभियान झन फलदायी हुने विचार व्यक्त गर्नुभयो ।

लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) का अध्यक्ष कमल ढकालले यस्तो एैतिहासिक अभियानको भागिदार संस्था बन्न पाएकोमा खुःसी व्यक्त गर्दै अभियानका लागि संस्थाबाट गर्नुपर्ने सबै कुरामा कुनै पनि कमि आउन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
हरेक सृखलामा फरक फरक श्रष्टा लाई उभ्याईने छन्द तरङ्ग कार्यक्रममा आगामि सृखलाको लागि
श्रष्टा भुवनहरि सिग्देल, मित्रलाल पंज्ञानी र देवु लुईटेल माला हस्तानतरण समेत गरिएको छ ।

प्रत्येक महिनाको तेस्रो शुक्रबार ३ः३० बजे देखि ५ बजे सम्म छन्द तरङ्ग नयाँ बानेश्वर, थापागाउँ मा रहेको लेखन कुञ्जको कुञ्ज थिएटरमा गुञ्जने छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला