बेपत्ता इन्टरपोलका प्रमुख चीनमा पक्राउ

ZEN Travels

काठमाडौं ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होगवेई कानुन उल्लंघनको आरोपमा चीनमा पक्राउ परेका छन् ।

इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत २५ सेप्टेम्बरदेखि बेपत्ता भएका भनिएका मेङ चीनमा पक्राउ परेका हुन् ।

चीनले कानुन उल्लंघनको आरोप लगाएको भए पनि त्यसबारे थप स्पष्ट पारेको छैन । उनीमाथि कस्तो कारबाही हुन्छ भन्ने पनि एकिन नभएको बताइएको छ ।

विश्वभरको प्रहरी संगठनको नेतृत्वकर्ता मेंग इन्टरपोलका लागि दुई पटक प्रमुखमा चयन भएका थिए ।

उनी बेपत्ता भएपछि उनकी पत्नीले आफ्ना पतीको जीउज्यानको सुरक्षाको माग गर्दै आएकी थिइन् ।

यसैबीच इन्टरपोलले मेङले प्रमुखबाट राजीनामा दिएको पनि जनाएको छ ।(एजेन्सी)

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला