टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ मा कोच प्रमोदले कोच सनुपलाई यसरी गरे ‘सलुट

ZEN Travels

काठमाडौं ।
सोज २१ गते । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा टिभ सनुपका दुई प्रतिस्पर्धीहरु सप्तक र आशिषबिच ब्याटल राउण्डमा साँच्चिकै ब्याटल भएको भन्दै निर्णायकहरुले निकै प्रशंसा गरेका छन् ।
उत्कृष्ट प्रतिस्पर्धीहरु तयार पारेको भन्दै निर्णायक सनुपलाई निर्णायक प्रमोदले सलुट गरेका छन् । ‘मेरो टिम नभएको हुँदा मैलाई प्रेसर नहुनुपर्ने र ट्यालेन्टलाई शुभकामना मात्र दिनुपर्नेमा यस्तो उत्कृष्ट परफरमेन्स र यस्तो ट्यालेन्ट तयार पारेकोमा म कोच सनुपलाई सलाम गर्दछु,’ कोच प्रमोदले भने ।
कोच प्रमोदले सो ब्याटल राउण्डबाट अर्को चरण ‘लाइभ’मा जान नसकेका प्रतियोगी आशिषलाई टिम सनुपबाट ‘स्टील’ गरेका थिए । प्रतियोगी आशिष स्टेजबाट बाहिर गएपछि उनले निकै लामो समयपछि मात्र आशिषलाई स्टील गरेका थिए । कोच प्रमोदले यो भ्वाइसबाट बाहिर जानु भनेको हामीलाई निकै घाटा भएको भन्दै उनलाई आफ्नो टिममा स्वागत गरेका थिए ।
कोच सनुपले कोच प्रमोदलाई सम्मानमा ‘रेस्पेक्ट’ भनेका थिए भने कोच प्रमोदले उनलाई सम्मानमा ‘फ्लाईंङ किस’ फर्काएका थिए ।
‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’मा अन्य प्रतियोगी श्रेया, दिनेश, योगेन्द्र पनि अर्को चरण लाइभमा जान सफल भएका छन् । त्यस्तै अर्का प्रतियोगी सिडि बिजय अधिकारीलाई टिम प्रमोदबाट टिम दिपले स्टील गरेका थिए ।
अब ब्याटल राउण्डकोे केबल दुई एपिसोड मात्र बाँकी छ । सो राउण्डमा को को प्रतिस्पर्धी अगाडि जान सफल हुनेछन त्यसको लागि भने आगामी सातासम्म कुर्नै पर्ने हुन्छ ।
‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ ब्याटल राउण्डमा निर्णायक तथा कोचहरु दिप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेलका टिमहरुका प्रतिस्पर्धीले एक आपसमा भिडन्त गरिरहेका छन् ।
‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ ब्याटल राउण्डमा छानिएका प्रतियोगीहरुमध्ये एक आपसमा ससक्तरुपमा एकै गीतमा गाएर भिडन्त गर्नुपर्छ ।
यो राउण्डमा हरेक प्रतियोगीहरुलाई कोच र कोचका सल्लाहकार टिमले प्रतियोगीहरुलाई प्रशिक्षण गरेर ब्याटल राउण्डमा तयार पारेका छन् ।
यस ब्याटल राउण्डमा चारै निर्णायकहरुको आफ्नो टिमका १२ जना प्रतियोगीहरुले एक आपसमा प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।
टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।
थप जानकारीका लागि
‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को फेसबुक पेज र यूट्यूब पेजमा जानुहोस् ।
3 Attachments

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला