प्रिय सुफी पढिसके पछि बलेन्द्र भण्डारी ‘आशिष’को प्रतिकृया

ZEN Travels

युवा मनहरुका ढुकढुकी
प्रिय लेखक,
सुविन भट्टराई
म तपाँईको नियमित पाठक हुँ । राजधानीबाट टाढाको जिल्लामा भएपनि मैले तपाईका रचनाहरु विमोचन भएको एकदुई दिन भित्रमा नै पढ्न सुरु गर्छु । मैले कथाकी पात्र देखि प्रिय सुफी सम्म तपाईका सबै रचनाहरु पढेको छु । कथाकी पात्र चाहिँ मैले समरलभ पछि मात्रै पढेँ । कलम चलाउनु त्यति सजिलो कुरा होईन, अझै पाठकहरुको मन जित्ने गरि लेख्नु झनै गाह्रो कुरा हो ।
किताब लेख्नु र कसैको किताब माथी कमेन्ट गर्नु दुई फरक कुरा हुन । तर पनि तपाईका सबै रचनाहरुले युवापुस्ताहरुको मन छोइरहेको हुन्छ । तपाईका पहिलाका पुस्तकहरुमा युवापुस्तामा हुने एउटा प्रेमको स्वरुपको मात्र चर्चा थियो । एउटा असफल प्रेमको कथा थियो । प्रिय सुफी अलिकति फरक लाग्यो । समग्र युवापुस्तालाई समेटेर लेख्ने कोशिश गर्नुभएछ ।एकै किसिमको रचनाले पाठकहरुमा मोनोटोनस हुन सक्छ भन्ने कुरालाई बिचार पुर्याउनु भएछ ।
एउटा अदभूत सच्चा प्रेम त्यो सार्थकले सदालाई गरेको प्रेम होस वा सुफीले आफ्नो दिदी सदालाई गरेको प्रेम होस । त्यो देखेर आँखा रसायो । त्यसैले त साचो प्रेम एक काइदाको हुन्छ । न हिसाब घाटाको हुन्छ, न त फाईदाको हुन्छ । सार्थकले सदा थलिँदा सम्म पनि उसलाई माया गरेकै थियो । सार्थकले सदा सँगको सम्बन्धलाई टुटाउनुको कारण पनि सार्थकको स्वार्थीपन हुँदो हो अथवा सदालाई बताउन नमिल्ने थियो वा अरु नै केही हुँदो हो । हुनत हाम्रो समाज फलेको रुख हेर्ने समाज हो । यहाँ सुक्दै गरेको रुखको के वास्ता? त्यो फेरि उस्तै उस्तै हरियो हुन्छ भन्ने के विश्वास?
सुफीको सदा प्रतिको प्रेम देखेर मनलाई दिमागले कन्ट्रोल गर्नै सकेन । आँखाले तत्काल प्रतिक्रिया देखायो । सच्चा प्रेमको एउटा उदाहरण । कसैप्रति आशाको भावना नराखी, केही फिर्ता नपाउने आशामा कसैको त्यतिधेरै ख्याल गरिन्छ भने सायद त्यो सच्चा प्रेम नै होला । वास्तबमा सच्चा प्रेममा एउटा तागत हुन्छ । सुफीको प्रेमले सदाको घृणालाई पनि जितेको छ । उ पनि सुफीलाई प्रेम नै दिन बाध्य भएकी छ । पुस्तकमा कतै प्रेमिल कुराहरुले मुसुुुमुसु हसाउँछ, कतै कतै आँखा रसाउँछ, अन्त्यमा मुभ अन हुन र केही गरेर देखाउन उत्प्रेरणा जगाउँछ ।
बढ्दो उमेरसगैँ सबैलाई प्रेमको रहर हुन्छ । सफल भईन्छ भन्ने ठहर हुन्छ, अन्त्यमा त्यहि प्रेम जहर हुन्छ । प्राय युवायुवतीहरु आफ्नो युवाअवस्थामा एकपटक प्रेमको अनुभव सङ्गाले मौका पाएका हुन्छन ती मध्ये थोरैको प्रेम मात्र सफल भएका हुन्छन । बाँकी अरुसग प्रेमका तितामिठा अनुभवहरु रहेका हुन्छन । त्यसलाई कसैले भुलेर/बिर्सेर अगि बढ्दछन भने कोहि सम्झनामानै आँसु सङ्गालेर बस्छन अझ कोही त मृत्युको बाटो रोज्दछन । हो ती सम्झनामा आँसु पिउनेहरु र मृत्युको बाटो रोज्नेहरुका लागि मुभ अन हुन सिकाउने अझ भनौ जीवन जिउन उत्प्रेरित गराउने एउटा मोटिभेसनल, साईकोलोजिकल ट्रिटमेन्ट हो‍ यो उपन्यास । जसले फेरि समाजमा नर्मल भएर बाँच्न उत्प्रेरित गराउँछ । केही गरेर देखाउने भाव जगाउँछ । त्यसैको एक पात्र हो सदा क्षेत्री ।

प्रिय लेखक,
पहिलेका रचनाहरु जस्तै सबै पाठकहरुको मन जित्न सफलहोस यो उपन्यास पनि । प्रिय सुफी सफलताको शुभकामना ।
बलेन्द्र भण्डारी ‘आशिष’
पर्वत, कुश्मा ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला