आर्थर काहुलेमा तीन दिने दशैं मेला शुरु

ZEN Travels

पर्वत
पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थर काहुलेमा तीन दिने दशैं मेला शुरु भएको छ ।
नवप्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित दशै मेलाको कुस्मा नगरपालिका वडा नं १४ का अध्यक्ष भीमप्रसाद गुरुङ्गले उद्घाटन गरे । मेला शनिबार सम्म सञ्चालन हुनेछ ।
मेला उद्घाटन गर्दै वडा अध्यक्ष गुरुङ्गले दशैं मेलाले गाउँको संस्कृति संरक्षण गर्न तथा युवाहरुको बिचमा मैत्रीपुर्ण प्रतिष्पर्धालाई बढाउने धारणा राखे । उद्घाटन कार्यक्रममा शिक्षक लालप्रसाद गुरुङ्ग, युवाहरु रामकृष्ण गुरुङ्ग, राजेन्द्र गिरी लगायतले आफ्ना धारणा राखेका थिए ।
क्लबका अध्यक्ष मनोज गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष पुण्य अधिकारी र सञ्चालन हिमलाल शर्माले गरेका थिए ।
तीन दिन सम्म चल्ने मेलामा वडास्तरीय भलिबल प्रतियोगिता, लोकगीत र नृत्यहरु प्रस्तुत गर्ने कार्यक्रम छ । वडास्तरीय भलिबल प्रतियोगितामा १२ टिमको सहभागिता छ । बिजयी टिमलाई प्रथमलाई ३० हजार, द्धितियलाई २० हजार र तृतियलाई १० हजार पुरस्कार दिइने छ । तीन दिन सम्म लोक गायिका बालिका रोक्का मगर रर टकेन्द्र बोहरा हास्य कलाकार देब नेपाल र इन्टु डान्स ग्रुप पोखराको प्रस्तुती रहनेछ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला