पर्वतः दशैँका लागि बजारमा च्याङग्रा,मुल्य ३० देखी ४० हजारसम्म

ZEN Travels

पर्वत ।
दशैं तिहारका लागि निकासी भएका च्याङ्ग्राको मुल्य ३० देखी ४० हजारसम्म पुगेको चयाङग्रा व्यापारीले बताएका छन् । बडादशैं नजिकिएसँगै भेडाच्याङ्ग्रा निकासीका लागि मुस्ताङ पुगेका व्यापारीले ३० देखी ३५ हजारसम्म मुल्य पुगेको बताएका हुन् ।
बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, पर्वत, बाग्लुङ, कास्की, चितवन र राजधानी सम्मको बिक्री व्यापारका लागि मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी गर्न व्यापारीहरु मुस्ताङ सदरमुकाम जोमसोम केन्द्रित भएका छन् ।
मुस्ताङमा कृषकले पालेका भेडाच्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याइएका छन् भने देशका विभिन्न ठाउँका व्यापारीहरु खरिदका लागि जोमसोम आएका हुन् । बेनी–जोमसोम सडक भएर दैनिक सयौँको संख्यामा भेडाच्याङ्ग्रा निकासी भइरहेको छ । मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर बिहिबार पोखरेबगर आइपुगेका रोल्पाका व्यापारी मानसिङ बुढाले एउटा भेडा (च्यालु) लाई रु २५ हजार र च्याङ्ग्रालाई रु ३५ देखि ४० हजारसम्ममा खरिद बिक्री भइरहेको बताए ।
यहाँको कुस्मा बजारमा रहेका केहि ब्यापारीहरुले घटस्थापनाको दिनदेखि दैनिक रुपमा च्याङग्राको मासु समुहमा मिलेर खाने गरेका छन् । दशैं पर्वको आगमनले कुस्मा बजारको ब्यापारमा समेत केहि बृद्धि भएको दिपस्टार्सका सञ्चालक रजतदिप श्रेष्ठले बताए । यस्तै यहाँका व्यपारीहरु प्नि आआफ्नो ब्यापारव्यवसाय व्यस्त छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला