पर्वतः रोहोटेमा सरर बस

ZEN Travels

पर्वत ।
बस सेवा सुरुभई पहिलो पटक गाउँघरमै बस पुग्दा कुस्माको आर्थर,खौला र ठुलीपोखरीका बासीन्दा खुसि भएका छन् । यहाँबाट बस सेवा सुचारु हुँदा कुस्मा बागलुङको तुल्लनामा ठुलीपोखरी पोखराको यात्राको दुरी समेत छोटिन्छ ।

पहिलो पटक सेवाको सुरुवात गरेको पञ्चासे सिद्धबाबा दर्शन प्रालिको बसलाई त्यहाँका पुरोर्हितहरुले पुजापाठ गरेर स्वागत गरेका हुन् । उनीहरुले बसका चालक सहित सहयोगीहरुलाई फुल मालाले स्वागत गरेका हुन् ।‘सडम स्तरउन्नती हुदाँ सहजै बस आउन सफल भयो,’खौलाका वडाध्यक्ष जगं बहादुर क्षेत्रीले भने,’यसको निरन्तरता दिनु पनि अर्को चुनौतीको बिषय हो । १२ महिना सम्म हामीले निरन्तरता दिन १४,१३ र १२ का वडाध्यक्षहरु छलफल गर्दै गरेको उनले सुनाए ।प्रायःयहाँ बर्खायामको समयमा यसरी सवरी साधनहरु सञ्चालन हुदैनन् । यहाँका वासीन्दाहरुले सधैभरी सवारीका साधानहरु सञ्चालनको अपेक्षा गरिरहेका छन् ।
यो बस सेवा ठुलीपोखरी रोहोटे,खोरियापानी,बिरौटा,औसेलुचौर,आर्थर,अधेरीनेता हुँदै पोखरा सम्म बस सञ्चालन हुने छ । ‘हाम्रो योजना पहिला नै थियो,बर्खा समाप्त संगै सेवा सुर ग¥यौ,’ठुलीपोखरीका वडाध्यक्ष राजेन्द्र पौडेलले भने,‘ यसलाई निरन्ता दिन सके यहाँका उत्पादनले समेत बजार पाउने हुँदा निरन्तरताको पहल गरेको उनले बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला