युवा शक्ति विदेश पलायन हुन दिनुहुन्न–नगरप्रमुख जोशी

ZEN Travels

पर्वत ।

नव प्रगतिशील युवा क्लव कुश्मा नगरपालिका १४ आर्थरडाडाखर्कले आयोजना गरेको ३ दिने दशै मेलाको आज समापन गर्दै कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले देश बिदेशबाट फर्केका युवाहरुको सक्रियतामा गाउँ स्तरमा हुने यस्ता कार्यक्रमहरुले ग्रामीण क्षेत्रमा उत्साहको संचार हुने बताउनुभयो ।

उहाँले युवाहरुको उपस्थितले गाउँघरका सम्भावना र अवसरको पहिचानमा सहजता हुने बताउदै विकासका लागी राजनीतिक दाउपेच नभई मिलेर अघि बढ्नुपर्ने आवश्यकता औलाउनुभयो । उहाँले गाउँ रित्तिदै जाँने र देशको परिवर्तन गर्ने जनशक्ति नै पलायन भएको बर्तमान अवास्थामा युवा लक्ष्ति कार्यक्रम गर्दै युवाहरुश्रको क्षमता अभिवृद्धि गर्दै लैजानेमा नगरपालिकाले आवश्यक सम्पुर्ण पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सो अवसरमा नेपाली काँग्रेस कुस्मा १४ का गाउँकार्य समितिका अध्यक्ष रुद्रमोन रिमाल,वडाध्यक्ष भिमप्रसाद गुरुङ लागयतले बोलदै पञ्चासेको बिकास गर्न आग्रह गरेका थिए ।


क्लबका अध्यक्ष मनोज गुरुङ्गको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । तीन दिन सम्म सञ्चालन भएको दशैं मेलामा वडास्तरीय भलिबल प्रतियोगिता, लोकगीत र नृत्बयहरु प्रस्तुत भएका थिए ।वडास्तरीय भलिबल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । बिजयी टिमलाई प्रथमलाई ३० हजार, द्धितियलाई २० हजार र तृतियलाई १० हजार पुरस्कार समेत प्रदान गरिएको छ । कार्यक्रममा लोक गायिका बालिका रोक्का मगर रर टकेन्द्र बोहरा हास्य कलाकार देब नेपाल र इन्टु डान्स ग्रुप पोखराको प्रस्तुती गरेका थिए ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला