पितृ भक्तिनै हाम्रो जीवनको आधार हो, दान गर्नुमा आनन्द छ – पुरी (तस्विर सहित )

ZEN Travels

पर्वत कुश्मा नगरपालिका वडा नं. २ खुर्कोट  फलाटेमा जन्मनु भएका  दुर्गा बहादुर पुरी  हाल बेल्जियममा स-परिवार  रहनु भएका छ |  पुरीले ले  संस्कृत माविमा रहेको गुरुकुल आश्रममा आवासिय रुपमा अध्ययन गर्ने वटुकहरुलाई आफ्नो बुबा अगन्धर पुरीले तिथिको अवसरमा    गुरुकुलका बटुकलाई  भोजन गराउनु भएको छ  | भाई कमल पौडेल  मार्फत सामाजिक सन्जाल फेसबुकमा संस्कृत  माबिको  बारेमा जानकारी लिए पछी  आफुले  पितृ पक्षको  अवसरमा यो काम गर्न मन लागेको बताउनु भएको छ |

 

 

 

 

मलाई पितृमा बिश्वास् लाग्छ | छोरा भएपछी कुलको  धर्म निभाउनु  पर्छ |बाबाको तिथिको अवसरमा समस्त पितृलाई सम्झी बटुक भोजन गराउन पाउदां म खुशी छु |  आगामी दिनमा अन्य सहयोगलाई निरन्तरता दिदैं विद्यालय र विद्यार्थीेहरुको आवास तथा शैक्षिक क्षेत्रमा सहयोग गर्ने तथा सहयोगी मनहरुलाई प्रोत्साहित गर्नेछु   । सामाजिक तथा राजनैतिक व्यक्ति हुँ मैले राज्य पक्ष बाट पनि सहयोगको लागि पहल गर्ने छु |   म जहाँ रहे पनि  यस गुरुकुलमा रहेका बटुकलाई आगामी दिनमा भोजन गराउने वताउदै  पुरीले नेपाल आउदां गुरुकुलमा आउने बताउने भएको छ |  मेरो जिल्ला डट कम संग पितृ भक्ति कुल भक्ति को बारेमा खुलेर कुरा गर्दै पुरीले मलाई पुरी कुलले साथ दिएको बताए ।|

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीले पोखराको सबैभन्दा पुरानो स्कुल भएर पनि ओझेलमा रहेको संस्कृत माविलाई उत्कृष्ट विद्यालय वनाउन विभिन्न सुधारका कार्य गर्दै आउने क्रममा गुरुकुलमा वस्ने बटुकहरुलाई ३६५ दिन नै निशुल्क भोजन प्रदान गर्नेे विभिन्न दाताहरुको सहयोग स्विकार गरेको बताए

पुरी परिवार

 

कार्यक्रममा नेपाल ज्योतिष परिषद् गण्डकी प्रदेशका महासचिब ज्योतिषी कमल पौडेलले दाजु  दुर्गा पुरी आफैमा एक पुस्तक हो उहाँको जीवन बाट संघर्ष र सफलताको पाठ पढ्न सकिन्छ भन्दै उदारमनको धनि दाजु बाट आगामी दिनमा सहयोग पाउने बताउनु भएको छ |    दाजु  बारे जानकारी गराउदै सहयोगीमनहरु लाई  जोड्ने र बिद्यालयको  बिकास र शैक्षिक उन्नतिको लागि हरपल लागि पर्ने बताएको जानकारी गराउनु भएको थियो  |

 

 

 

कार्यक्रममा समाजसेवी बम बहादुर घर्ति , लोक बहादुर घर्ति ,शिक्षक गोबिन्द अधिकारिले  संस्कृत क्याम्पस बगरका सहसचिब दिपेश पराजुलीले बोलेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीको अध्यक्षता  मा भएको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले र स्वागत शिक्षक गोबिन्द अधिकारिले गरेका थिए।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला