विमान बाट खसिन् एयर होस्टेस, अवस्था गम्भीर

ZEN Travels

एयर इन्डिया विमानबाट बिहान एयर होस्टेस खस्दा अवस्था गम्भीर रहेको छ । भारतको मुम्बईस्थित छत्रपति शिवाजी टर्मिनलबाट दिल्ली जाने तयारीमा रहेको एआई ८६४ विमानबाट ५३ वर्षीया एयर होस्टेस विमानको ढोका लगाउने क्रममा खसेकी थिइन् ।

उनको नानावती अस्पतालमा उपचार भइरहेको छ ।

एयरक्राफ्टको गेट बन्द गर्ने क्रममा पछाडिबाट कसैले धक्का लगाएर उनी लडेको बताइएको छ । यसबारे अनुसन्धान भइरहेको बुझिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला