बार्सिलोनामा पहिलो पटक गुरुङ फिल्म देखाईने

ZEN Travels

बार्सिलोना । बार्सिलोनामा पहिलो पटक गुरुङ फिल्म देखाईने भएको छ । मुनाल फिल्म प्रा. लिको ब्यानरमा बनेको गुरुङ भाषा र संस्कृतिमा. आधारित बहु चर्चित “ मैरिमो “ फिल्म तमु समाज बार्सिलोना स्पेनको आयोजनामा प्रदर्शन गरिने भएको हो ।

तमु समाजका अध्यक्ष गौतम गुरुङका अनुसार यहि आउने नोभेम्बर १ तारिखका दिन सिने जिरोना बार्सिलोनामा बेलुकी ५ बजे  प्रदर्सन हुने छ । मैरिमो फिल्ममा ३५ प्रतिशत नेपाली भाषा प्रयोग गरिएको र बुझ्न सजिलो होस् भनेर सब टाइटल पनि प्रयोग गरिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला