रामचन्द्र पौडेलको युरोप यात्रा

ZEN Travels

हरि पौडेल

नेदरल्याण्ड । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल ज्युको युरोप यात्रा आफुले नजिकबाट देखेको हुनाले यसबारे केही लेखौं भन्ने इच्छा हुँदा हुँदै पनि समयको अभावले लेख्न सकिएन । यो यात्रा बिवादास्पद यात्रा हुँदा हुँदै पनि साह्रै सफल यात्रा हुन पुग्यो । किन यो यात्राालाई बिवादास्पद यात्रा भनियो भन्ने विषयलाई ढिलै भएपनि नेपाली काङ्रेसका पाठकहरु बिच प्रस्तुत गर्न चाहन्छु ।

१५ सेप्टेम्बरमा रामचन्द्र दाई युरोप आउँदै हुनुहुन्छ भन्ने खबर पाएँ । नेपाली जनसंपर्क समिती युरोपमा कुनै खास कार्यक्रम नभएकोले दाई अहिले युरोप भ्रमणमा आउनुहोस् भन्ने मेरो खास इच्छा थिएन । यसैबिच चिन्तनबाबुले टेलिफोन गरी दाइको युरोप टुर गर्ने इच्छा जाहेर गरे, र दाइसँग पनि कुरागर्न लगाउदा, दाई अहिले नअाउनुहोस् भनि मैले भन्न सकिन।

१५ सेप्टेम्बरमा रामचन्द्र दाई र चिन्तन बाबु ब्रुसेल्स एयर्पोर्टमा ओर्लनु भयो । एयर्पोर्ट मै वहाँको भब्य स्वागत बेल्जियम,फ्रान्स,नेदरल्याण्ड , आयरल्याण्ड , स्पेन आदी-आदीका नेपाली जनसम्पर्क समिती तथा अन्य संघ संस्थाका प्रतिनिधिहरु र युरोप युनियनका नेपाली राजदुत ज्यु ले गर्नुभयो ।

यता युरोपमा रामचन्द्र दाईको युरोप यात्रा बारे सोशल मेडियामा रमाइला नरमाइला चर्चा बिचर्चा हुनथाल्यो र बेल्जियममा त राजनीतिक दोहरी चलेर झन उपद्रो सुरु भयो । जसले गर्दा रामचन्द्र दाईको यो युरोप यात्रा विवादित हुने ठुलो सम्भावना देखिन थाल्यो । यहाँ एउटा अर्को प्रसँग पनि राख्न महत्वपूर्ण सम्झन्छु त्यो के भने एकजना युरोपका महत्वपूर्ण काङ्रेसी नेताले मलाई टेलिफोन गरी ठुलो स्वरमा भन्नु भयो “किन अहिले रामचन्द्र दाईलाई आउनु परेको ? गंगाधर गौतमको युरोप भरी बहुमत छ । तपाईंको नेदरल्याण्डमा बहुमत छ, बेल्जियममा बहुमत छ, पोर्तुगलमा बहुमत छ, स्पेनमा बहुमत छ, स्विटजरल्याण्ड लगायत सबै ठाउँमा बहुमत छ । गंगाले सबै ठाउँमा कालो झन्डा देखाउछ” आदि-आदि ।

रामचन्द्र दाई युरोप आउने कुरा त निश्चित भैसक्या थियो । यस्ता हाम्रा वरीष्ठ नेता जसले काङ्रेसको गरिमालाई बचाइ राखी आजसम्म कुनै गुट नबनाइ बसेका नेतालाई कालो झन्डा देखाउछन भने हामीले यो कसरी हुन दिने भन्ने मनमा बिचार आयो र ठीक त्यसैबेला नेपाली जनसंपर्क समिति बेल्जियमका संस्थापक अध्यक्ष धुर्वराज पौडेलबाट अफर आयो कि हामी रामचन्द्र दाईसँग युरोप डुल्दा एउटा अलग्ग किसिमको सन्देश युरोपका काङ्रेसहरु बिच जानेछ र वहाँको यात्रा पनि सफल हुनेछ । धुर्ब जी को यो कुरा मलाई सुनमा सुगन्ध जस्तो लाग्यो र हामी दुबै पूर्ण तयारीको साथ रामचन्द्र दाईको युरोप यात्रा तिर लाग्यौं।

नेपाली जनसमपर्क समिती लक्जम्बरको पहिलो अधिवेशनको लागि प्रतिनिधि भनेर केन्द्र्ले गंगाधर गौतमलाई नेपाली जनसंपर्क समन्वय समिती युरोपको महामन्त्री भनेर पत्र पठाएको हुनाले युरोपियन नेपाली काङ्रेसीहरु बिचमा ठुलो बिवाद सुरु भयो।

१६ सेप्टेम्बरमा नेपाली जनसम्पर्क समिती लक्जम्बरको पहिलो अधिवेशनमा भाग लिन रामचन्द्र दाई लक्जम्बर तिर जानु भयो । लक्जम्बरका साथीहरुले रमाइलो कार्यक्रम राखेका थिए र रामचन्द्र दाइको भब्य स्वागत गरे ।

केन्द्र्ले नेपाली जनसमपर्क समिती लक्जम्बरको पहिलो अधवेसनका लागि प्रतिनिधि गंगाधर गौतमलाई बनाइ पठाउदा युरोपको महामन्त्री भनेर लेख्नु नै पर्ने आवश्यकता थिएन । यसबाट विवाद हुनसक्छ भन्ने कुरो कृष्ण प्रसाद पौडेललाई थाहा नभएको होइन । रामचन्द्र पौडेल त्यहा जादैछन भन्ने कुरो केन्द्रलाई थाहा नभएको पनि होइन । रामचन्द्र पौडेललाई नै त्यो अभिभारा दिएको भए कुनै समस्या नै हुने थिएन। नेपाली जनसमपर्क समिती लक्जम्बरले बारम्बार पत्र पठाउदा पनि कुनै वास्ता नगरी अन्तिम समयमा बिवादित पत्र लेखी पठाउनु अफिस सचिवको बुद्धिमानी होइन । अहिलेको नेपाली राजनीतिमा भ्एको परिवर्तन देख्दा केन्द्रबाट कुनै पनि कार्य गर्दा भविष्यमा हुने सम्भावनालाई हेरेर पार्टिको एकतामा कुनै किसिमको आँच नआवोस भनि बिचार गर्नु पर्ने महत्वपूर्ण हुन्छ ।

 

यो भन्दा अगाडि युरोप भेलाको सम्बन्धमा धेरै अगाडिदेखी डेनमार्क नेपाली जनसम्पर्क समितीले भेला गराउन चाहन्छौं भनि पटक-पटक पत्राचार गरी अनुमती माग्दा कुनै वास्ता नगरी केन्द्रले बिधानको बिपरित कथाकथित युरोपियन काङ्रेस भनि युरो काङ्रेसको अध्यक्षको नाममा भेला गराउन पत्र पठाउदा पोर्तुगलमा ठुलो समस्या गराइ पार्टी उपाध्यक्षको गरिमामा समेत चोट पुर्याउने काम कृष्ण प्रसाद पौडेलको हातबाट भएको भनु वा केन्द्रको अविवेकताबाट भएको भनु, जो काङ्रेसको एकताको लागि साह्रै अदुर्दर्शिता देखाइेको सर्वविवित हुँदा हुँदै फेरि काङ्रेसपार्टिको अफिस सचिव कृष्ण प्रसाद पौडेलको पत्र नेपाली जनसम्पर्क समिति लक्जम्बरको अधिवेसनका लागि प्रतिनिधि युरोपको महामन्त्री भनि पठाउदा आगोमा घिउ हालेको झै प्रस्तुत भयो ।

एउटा अबैधानिक संस्था जुन युरोपको कुनै देशमा पनि कानूनी रुपले रजिष्ट्रेशन भएको छैन अर्थात युरोपियन कानून अनुसार गैर कानूनी इलिगल संस्थाको महामन्त्री भनी नेपाली काङ्रेसले कसरी स्विकार गर्न सक्छ र नेपाली जनसंपर्क समिती लक्जम्बरको पहिलो अधिवेशनमा प्रतिनिधि बनाइ पठाउन सक्छ ? अनि केन्द्रबाट जथाभावी पत्राचार गरेमा हामी इमान्दार काङ्रेसले प्रश्न गर्ने कि नगर्ने ? केन्द्रको नामबाट पटक-पटक यस्ता पत्रहरु लेखी झन गुटबन्दिलाई प्रोत्साहन गरेको महसुस भएकोले मैले शोसल मेडिया मार्फत कृष्ण प्रसाद पौडेललाई केन्द्रित गरी यो तलको मेसेज लेखें,

” हामीले जानकारी पाएको अनुशार बिभिन्न देशहरूमा बैधानिक रूपमा रहेका नेपाली जनसम्पर्क समितीहरू बाहेक बिधानले मान्यता न दिएका संघ वा समितीहरूलाई केन्द्रमा भएको समझदारी अनुशार परिपत्र नगर्ने सहमती हुदा हुदै कुन आधारमा केन्द्रीय कार्यालयका मुख्य सचिवले नेपाली जनसम्पर्क समिती लक्सजमवरको अधिवेशनमा यूरोप जनसम्पर्कका माहामन्त्री भनेर सम्बोधन गरी पत्र लेखेको ? कस्को निर्देशनमा बिधान बिपरित पत्र लेखिएको हो ? यदि यूरो जनसम्पर्क समितीलाई बैधानिक ठानेर पत्र लेखिएको हो भने नेपाली जनसम्पर्क अंतरराष्ट्रीय समन्वय समिति(विश्व संजाल) लाई किन अबैधानिक ठान्ने ? कुन आधारमा मुख्य सचिवले नेपाली कांग्रेसलाई बलियो बनाउने उद्धेश्यले गठन गरिएकी यो विश्व संजाललाई अवैधानिक भनि पत्र लेखेको हो ? अहिलेसम्मको कृष्ण प्रसाद पौडेलको यस्तो ब्यावहार देख्दा कांग्रेसी बिच बिवाद चरकाएर संगठनलाई अत्यन्त कमज़ोर बनाउने नियत रहेको प्रष्ट देखिंछ।”

 

काङ्रेस काङ्रेस बिच फुट ल्याउने काम र आफ्नो गुटलाई बडी महत्व दिएर गुटबन्दीलाई प्रस्रय दिने काम केन्द्र बाटै भएको छ। विदेशमा बैधानिक नेपाली जनसमपर्क समिती हुँदा हुँदै उनिहरुको उपेक्षा गरी कथाकथित युरो काङ्रेस भनि आफ्नो गुटलाई मात्र महत्व दिन खोजेको छर्लङ देखिएको हुनाले युरोपका काङ्रेसीहरुमा मतभेद, बिवाद हुनु स्वभाविक भयो। युरोपका नेपाली जनसमपर्क समितीले एकातिर उनिहरुको वास्ता नगरेकोले अपमानित महसुस गरेका छन भने अर्को तिर आक्रोशित भएका छन त्यसकारन नै नेपाली जनसंपर्क समिती लक्स्जम्बरलाई केन्द्रबाट अबैधानिक कथाकथित युरो काङ्रेसको महामन्त्री भनि पठाउदा, आफ्नो पहिलो अधिवेशनको प्रतिनिधि स्विकार भएन। केन्द्रको अबैधानिक, अनैतीक ब्यवहार देखी नेपाली जनसम्पर्क समिती लक्जम्बरका कार्य समितीले पनि नेपाली काङ्रेस केन्द्रिय समितीको यस अनौचित कार्यको बिरोध गरी केन्द्रबाट पठाएको प्रतिनिधि स्विकार हुने छैन भनी केन्द्रलाई पत्रद्वारा जानकारी दिए जसको ब्यहोरा तलको पत्रमा देख्नु हुनेछ।

रामचन्द्र दाईको युरोप यात्राको प्रोग्राम आउनु भन्दा पहिला नेपाली जनसंपर्क अन्तरराष्ट्रिय समन्वय समिती गठन भएपछि यस बिषयलाई लिएर केन्द्रमा मिटिङ गरी बैधानिक रूपमा रहेका नेपाली जनसम्पर्क समितीहरू बाहेक बिधानले मान्यता नदिएका संघ वा समितीहरूलाई परिपत्र नगर्ने सहमती भएको खबर पाएको थिए अनि अर्को बिशेष कुरा के भने नेपाली जनसंपर्क अन्तरराष्ट्रिय समन्वय समिती गठन गर्ने कि नगर्ने भनी अथवा यस संस्थालाई मान्यता दिनु भनी भक्खरै गठन भएको नेपाली जनसंपर्क अन्तरराष्ट्रिय समन्वय समितीले केन्द्रलाई कुनै जानकारी दिएको पनि थिएन र कुनै पत्राचार पनि भएको थिएन भने केन्द्रबाट तलको यो पत्र काट्नु कति औचित्य थियो ? हो यदी औचित्य थियो भने युरोपको महामन्त्री भनी केन्द्रले स्विकार्नु के बैधानिक थियो ?

 

नेपाली काङ्रेस केन्द्रिय कार्यालयको नामबाट बेला-बेलामा चाइने नचाहिने पत्र कार्यालय मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जथाभावी लेखेर पठाएकाले पनि विदेशमा बस्ने काङ्रेसिहरु बिच तनाव बडेको हो। रामचन्द्र दाई युरोप आउनु अघि पूर्तगालमा हुन लागेको अधिवेशनको अवसर पारी युरोपियन भेला बोलाउनु भनी आधिकारिक नेपाली जनसंपर्क समितिले माग्दा माग्दै पनि उक्त भेला उनिहरुलाई नदिएर युरो काङ्रेसको अध्यक्षको नाममा अफिसियल पत्र पठाउनु कति बुद्धिमानिको कुरो थियो ? युरोपका बिभिन्न नेपाली जनस्मपर्क समिती, जो वैधानिक छन र युरोपका देशहरुमा कानूनी रुपले मान्यता पनि पाएका छन, ले हामी भेला गराउछौँ भन्दा-भन्दै पनि उनिहरुलाई एकातिर पन्छ्याइ अनि उनिहरुले यो भेला किन नगर्न पाउने भनी नखुलाएर एउटा अवैधानिक र युरोप मै गैरकानूनी भएको संस्थालाई यत्राो कार्य गर्न कसरी र किन पत्र पठाएका हुन ?

नेपाली जनसंपर्क समिती जर्मनीका प्रेसिडेन्ट शिखर खड्काले रामचन्द्र पौडेलको स्वागतमा भब्य कार्यक्रम राखे। केन्द्रबाट अहिलेसम्म यस्ता बिवाद ल्याउने पत्रहरु किन पठाइएका हुन र यसको पछाडि कसको हात छ भन्ने कुरो जान्नका लागि विदेशमा बस्ने काङ्रेस प्रेमी साथीहरु उत्सुक छन।

काङ्रेस काङ्रेस बिच लडाउने काम जुन भैइरहेकोछ कही यो कुनै षणयन्त्र त होइन। काङरेसलाई कमजोर बनाउन कही यसको पछाडि कुनै अन्य राजनीतिक ग्रुप सन्लग्न त छैनन ? हिजोआज कम्युनिष्टहरु सङठित भै बलियो हुँदै आएकाछन। काङ्रेसको सामना गरि काङ्रेसलाई पराजित गर्न सजिलो नभएको कारण काङ्रेस भित्र नै आफ्ना गहिरो मित्रहरुको आडमा कम्युनिष्टहरुले आगो लगाउन सुरु गरेका त होइनन ? रामचन्द्र दाइको युरोप यात्रा भाड्ने काम धेरै ठाउमा प्रयास गरियो तर कही पनि सफता मिलेन। बेल्जियम लगायत कतिपय अन्य युरोपिय देशहरुमा आफ्नै काङ्रेसी साथीहरुले भित्र-भित्रै बहिष्कार गर्नु भनि खबर पठाउदा पनि बहिष्कार गर्नेहरु सफल भएनन। बेल्जियम लगायत अन्य युरोपियन देशहरुमा कमुनिष्टका बरीष्ट नेताहरु भाग लिन आएका थिए। वहाँहरुले दिएको स्पिचमा एकातिर हामीप्रति देखाएको सहानुभुति थियो भने अर्कोतिर काङ्रेस बिच भ्एको आपसी मतभेद प्रति खेद प्रकट पनि थियो।

रामचन्द्र पौडेलको यस यात्रा अचानक भ्एकोले र नेपाली जनसंपर्क समितीहरुका कुनै खास प्रोग्राम नभएका कारण यस यात्रालाई सामान्य यात्रा मात्र सम्झिएको हुनाले रामचन्द्र दाइको स्वागत समाहरोहमा कतिपय जनसंपर्क समितीहरुले अन्य संघ संस्थाहरुलाई खबर पनि गरेका थिएनन तैपनि कम्युनिष्ट पार्टिका भात्री संस्थाका बरीष्ट ब्यक्तिहरु उपस्थित भै सहानुभुति देखाउनु र हामी बिच भ्एको मतभेदको आलोचन गर्ने कारणले षणयन्त्रको गन्ध आउछ। बेल्जियमको राजनीति हेर्दा काङ्रेसका मै हुँं भन्ने राजनीतिग्यहरुले मावोवादी र एमालेहरुलाई बोकेर हिंडेको प्रसस्त उदाहरणहरुछन। द्वन्द ताका मावोवादीहरुले काङ्रेसहरुलाई छानी-छानी मारेका छन। ति मावोवादी कै त्रासले जीवन जोगाउन विदेश तिर शरण लिन वाध्य भ्एका हुन। यि विदेशिएका नेता द्वन्द ताका नेपालमा मावोवादिहरुले भेटेका भए टुक्रा-टुक्रा काटिएर फ्यालिन्थे भने अहिले यहाँ उनिहरुसङै आफ्नो दुनो सोझो पार्न काधमा काध मिलाएर हिंडेका छन। यस्तो गहिरो मित्रता के गरि आयो ? कही हाम्रा काग्रेसी नेताहरु कम्युनिष्टका चतुराइ पूर्वक चलेको षणयन्त्रका शिकार त भ्एका होइनन ? मलाई लाग्छ यो एउटा अनुसन्धानको खोजको कुरा हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला